धनगढी, १२ कार्तिक/राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगिताको दोस्रो खेलमा धनगढी उपमहानगरपालिका र गोकर्णस्वेर नगरपालिका काठमाडौं बिच बराबरीमा टुङ्गीएको छ ।उक्त खेलमा धनगढीबाट चन्द्रा भण्डारीले एक गोलको योदान दिएकी थिईन् ।
यस अघी बुधबार धनगढी उपमहानगरपालिका र धनकुटा नगरपालिका बिच भएको खेलमा ५–०ले धनगढीले जितेको थियो । शुक्रबार धनगढी र गोकर्णस्वेर बिच धनगढीको दास्रो खेल हो । उक्त फुटवल प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको टिमबाट रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् ।
देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् । अब अर्को खेल गोकर्णस्वेर र धनकुटा बिचको प्रतियोगिताबाट धनगढीको निर्धारण गरिने कैलाली फुटवल संघ कैलालीका कोषाध्यक्ष डबल थापाले जानकारी दिए ।