कञ्चनपुर, ११ कार्तिक । नेकपा (एस) कञ्चनपुरको जिल्ला अध्यक्षमा जीवनराज थापा चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी चयन गर्ने निर्णय गरेको हो ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख समेत रहेका थापा नेतृत्वको एकीकृत समाजवादी कञ्चनपुर जिल्ला कमिटीको उपाध्यक्षमा रविन्द्र कुँवर र महिला उपाध्यक्षमा पूर्णा गुरुङ्ग चयन भएका छन् ।
यस्तै सचिवमा हर्क सिंह धामी, उप–सचिवमा आरपी सार्की, लाल बहादुर शाही र राजेन्द्र पाण्डेय चयन भएका छन् ।
