धनगढी,१० कार्तिक। धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित न्यु पृथ्बी युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उपमेयर भट्टले उद्घाटन गरेकी हुन् ।
प्रतियोगितको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेकी उपमेयर भट्टले खेलकुद स्वास्थ्यका लागि उपरिहार्य रहेको बताउदै खेलमा अनुशासनको महत्व हुनु पर्नेमा जोड दिईन् ।
दशैँ दीपावली तथा छठ पर्वको अवसरमा न्यु पृथ्बी युथ क्लबले अयोजना गरेको सो प्रतियोगिता आगामी १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेता र उप–बिजेताले क्रमशः १ लाख र ५० हजार नगद पुरस्कार पाउने क्लबका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरीका बिभिन्न १६ क्लबको सहभागीता रहेको समेत कार्कीले जानकारी दिए ।
प्रतियोगितको उद्घाटन समारोहमा धनगढी उप–महानगरपालिकाक –१८का वडा अध्यक्ष मुरारी अधिकारी र ८का अध्यक्ष नारायण बरालको समेत उपस्थिती रहेको थियो ।