धनगढी, १० कार्तिक/राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगिताको बुधबारको खेलमा ५–०ले धनगढीले जितेको छ । एन्फाको खेलमैदन ललितपुरमा भैरहेको उम–मेयर कप महिला फुटवल प्रतियोगितामा बुधबार धनगढी उपमहानगरपालिका र धनकुटा नगरपालिका बिच भएको खेलमा ५–०ले धनगढीले जितेको हो । धनगढीका तर्फबाट रेखा पौडेलले ३ गोल, चन्द्रा भण्डारी र सिमा रावलले एक÷एक गोलको योगदान दिएकी थिईन् ।
अब अर्को खेल १२ गते गोकर्णश्वर नगरपालिका काठमाण्डौ संग समाना गर्ने कैलाली जिल्ला फुटवल संघका कोषाध्यक्ष डबल थापाले जानकारी दिए । महिला खेलाडीहरुको राम्रो प्रदर्शन भएकोले अर्को खेल पनि जित्नेमा ढुक्क भएको कोषाध्यक्ष थापाले बताए ।आईतबार धनगढी उपमहानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्टले धनगढी नगरको महिला टिमलाई बिदाई गरेकी थिईन् ।
उक्त फुटवल प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको टिमबाट रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् । देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् ।