महेन्द्रनगर ९ कार्तिक/सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदिय दलका नेता डा. रणबहादुर रावलले कञ्चनपुर जिल्लाका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितहरुसँग भेटघाट र छलफल गरेका छन् ।
बुधबार संसदिय दल नेता रावल सहित, उपनेता देवराज पाठक,नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरी बोहरा, महाधिवेशन प्रतिनिधि पदम बोगटीले जिल्लाको भीमदत्त नगरपालिका–१२ भुजेला स्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । बेमौसमी वर्षाका कारण महाकालीको बाढीबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भुजेला लगाएतका अन्य ठाउँमा ठूलो भौतिक संरचना तथा धनको क्षति भएको थियो ।
स्थलगत निरीक्षणमा बाढी पीडितहरुलाई राहतको लागि सरकार र विभिन्न संघ संस्थाहरूसँग पहल गर्ने उनले आश्वासन दिएका छन् । यस्तै नेता रावलले महाकाली फोर लेन सडक मापडण्ड अनुसार निर्माण भए नभएको छानविन हुनुपर्ने माग राख्दै,दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माणका लागि समेत पहल गर्ने प्रतिबद्धता जाहेर गरे छन् ।
साथै बाढीका कारण किसानको करोडौँको धानबाली नस्ट भएको र सयौ जना घरबारबिहीन भएकाले राहत, पुनस्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन संघ सरकार संग पहल गर्ने समेत बताए ।