धनगढी,९कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।
उनले यस्तो अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गौरीगङ्गा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)बिच विवाद भएको छ। एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।
सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् “भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने रु हामी सिडिओको पनि टाउको फुटाउन तयार छौँ। तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ।”
सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो । सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।