धनगढी,९ कार्तिक । कैलालीमा अत्यावश्यकबाहेक अन्य अवस्थामा द्रुत राहदानी सिफारिस नगरिने जनाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार काठमाडौंमा रहेको राहदानी विभागको कार्यालय स्थानान्तरण भईरहेकाले सेवा प्रभावित भएको हो।
अत्यावश्यक कारणसहित आएका सेवाग्राहीलाई मात्र राहदानी सिफारिसको सेवा दिईने छ।यस्तै साधारण राहदानी फाराम संकलन भने जारी रहने बताईएको छ।