काठमाडौं, ९ कार्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज मंगलबार दुई खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र वेस्ट इन्डिज भिड्दै छन् ।
दुबईमा हुने दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जित हात पार्ने दाउमा हुनेछन् ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सारजाहमा हुने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।
पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो ।