धनगढी, ३१ असोज/तेस्रो पदम खत्री स्मृतिमा हुने भलिवल प्रतियोगिता तथा महोत्सवको मिति तय भएको छ । बाजुराको त्रिबेणी नगरपालिका वडा नं–९ पैमामा हुने कार्यक्रम पदम खत्री स्मृति प्रतिष्ठानले हरेक दुई बर्षमा भलिवल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको थियो ।
यस अघी २७ भाद्रमा बाजुरामा पत्रकार सम्मेलन गरी असोज ३० गते देखी कार्तिक ३ गते सम्म कार्यक्रम आयोजना गर्ने भनिएपनि सडकको समस्याका कारण आयोजना मिति सारिएको छ । अब तेस्रो पदम खत्री स्मृति भलिवल प्रतियोगिता तथा महोत्सव कार्तिक १२ गते देखी १५ गते सम्म आजोजना हुने आयोजक समितिका संयोजक गणेश पाध्यायले जानकारी दिए ।
हरेक दुई बर्षमा आयोजना हुने भलिवल प्रतियोगिताको समापनका दिन बृहत बडीमालिका साँस्कृतिक महोत्सव समेत हुने भएको छ । महोत्सवमा चर्चित कलाकारहरु नरेन्द्रराज रेग्मी, लालबहादुर धामी (अछामी बड्डो), प्रकाश थापा, निर्देशक भिम थापा, गायीका तथा मोडल लक्ष्मी आचार्य, लक्ष्मण अधिकारी(दुबईको लाहुरे) लगाएत कलाकार हरुको प्रस्तुती रहने भएको छ । साथै सांस्कृतिका कार्यक्रममा स्थानीय झाँकी, हुड्केउली, भुवा, अनन्ते तथा स्थानीय कालकारको समेत प्रस्तुती रहने अयोजकले जानकारी दिएको छ ।
भलिवल प्रतियोगिताका प्रथम हुने टिमलाई ७१ हजार एक सय ११ मेडल र ट्रफि, दोस्रो हुने टिमलाई ३५ हजार एक सय ११ पुरस्कार राशी रहेको आयोजक समितिका राजेन्द्र खत्रीले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार सहित मेडल र ट्रफि समेत दिईने भएको छ । १६ टिमको सहभागिता रहने प्रतियोगितमा टिम प्रबेश शुल्क पाँच हजार एक रहेको आयोजकले जनाएको छ । सहभागि हुने टिमले कार्तिक ११ गते साँझ ४ बजे सम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने नियम आयोजकको रहेको छ । प्रतियोगितामा टिम दर्ता गराउन गणेश पाध्याय (९८६८५४२३९३), रतन खत्री (९८४८२०९९९७), खडक खत्री (९८४८३२८९७३) दयाराम थापा (९८४८६८०७३४) अमरसिह खत्री (९८४८६१८८५२) सम्पर्क व्यक्ती तोकेको छ ।