• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सामाजिक सञ्जालले चिनायो बुडर झरना

कैलाली, ३१ असोज । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न थालेका छन् ।

डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । धनगढीलगायत डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरु यो झरना पुग्ने गरेका छन् ।

तराइको उखरमाउलो गर्मी छल्न पहाड उक्लिनेहरु बुडरको यो झरना पुगेर मात्रै फर्किने गरेका छन । कोरोनाको जोखिम घटेसँगै अहिले यो झरनामा रमाउन र अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढ्दै जान थालेकोे स्थानीय रमेश भट्टले बताउनुभयो ।

प्रचार प्रसारको अभावका कारण खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमुखमा झुण्डिँदै गएको छ । नाम मात्रै सुनेको र झरनाको तस्बिर मात्रै देखेका सर्वसाधरण पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् । कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुरबाट झण्डै तीन–चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका सर्वसाधरण बढी पुग्ने गरेका छन् । झरनाले पर्यटन प्रवद्र्धनमा निकै भूमिका खेलेपनि व्यवस्थापनमा सुधार गरे यो ठाउँ पर्यटकीय हब बन्ने स्थानीय दिपक नेपालको भनाइ छ ।

गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडकका कारण यो झरना पुग्न केही समस्या हुँदै आएको छ ।

यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउन सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रका सडक सुधार र विस्तारका लागि गाउँपालिका लागिपरेको बताउनुभयो ।

यो झरनाले पर्यटन प्रवद्र्धनमा निकै भुमिका खेलेपनि भौतिक पूर्वाधारलगायतको विकासमा केही कमी हुँदा झरनाबाट लिनुपर्ने लाभ स्थानीय तहले लिन सकेको छैन । त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै टेवा पुग्ने थियो ।

 

आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.