• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विदेश जाने आधा श्रमिक अदक्ष

धनगढी,३० असोज। गत आर्थिक वर्ष २०७७र०७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो दरमा घट्यो । गएका श्रमिकमध्ये पनि करिब ५० प्रतिशत दक्ष थिएनन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा श्रम इजाजत नवीकरण गरेर जानेसहित एक लाख ६६ हजार ६९८ नेपाली श्रमिक विदेश गए । तीमध्ये ८० हजार अदक्ष कामदार थिए ।

त्यसैगरी, ७० हजार सामान्य सीप जानेका र १५ हजार ५०० जना सीपयुक्त जनशक्ति थिए । २४६ जना व्यावसायिक पेसा गने थिए भने ६१ जना उच्चस्तरको दक्ष जनशक्ति थिए ।

गत आर्थिक वर्ष २०७७र७८ मा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ७२ हजार ८१ मा खुम्चिएको थियो । आज ०७६÷७७ कोभन्दा यो २ं६४ प्रतिशत अर्थात् झण्डै तीन भाग कम हो ।

वैदेशिक रोजगारमा जाने अदक्ष कामदारहरूले विभिन्न समस्या झेल्दै आएका छन् । आवश्यक सीप–दक्षताको अभावमा धेरैजसोले ज्यादै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ ।
कार्यस्थलमा हुने दुर्घटनाको एक कारण कामदारको अदक्षतालाई मानिएको छ । गत वर्ष २६ जना नेपाली श्रमिकले काम गर्दागर्दै घटनामा ज्यान गुमाए ।

मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, काममा पर्याप्त सावधानी नअपनाउने लगायत कारणले कार्यस्थलमै श्रमिकहरूले ज्यान गुमाइरहेका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको सीप प्रमाणीकरण गर्नुपर्ने नियम लागू गरेको छैन । विभिन्न १२ क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम २०७६ असारबाट लागू गर्ने भनेपनि लागु हुन सकेको छैन ।

पहिलो चरणमा हाउस वाइरिङ÷इलेक्ट्रिसियन, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ÷क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, वेटर, कुक, पेन्टर, गामेन्ट÷टेलरिङ र पम्बिङको काम गर्न विदेश जाने कामदारलाइै सीप सिकेको प्रमाणपत्र अनिवार्य गर्न सरकार असफल भएको छ ।

त्यतिबेला म्यानपवावर कम्पनीहरूको तयारी नपुगेको भन्दै सरकारले लागु गर्ने समय सारेको थियो । यस्तो व्यवस्था लागू भए सीपमूलक तालिम लिएको प्रमाणपत्र नभई अन्तिम श्रम स्वीकृति नपाएर व्यवसायमा असर पर्ने भएपछि म्यानपावर कम्पनीहरूले यसको विरोध गर्दै आएका छन् ।

वैदेशिक रोजगार विभागको कार्यालय काठमाडौंका शाखा अधिकृत प्रदीप ढकाल सरकारले निर्णय गरे यस्तो व्यवस्था लागू हुनसक्ने बताउँछन् ।

सीप सिकाएर विदेश पठाउने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ । सीप सिकेर विदेश जाँदा कामदारको सेवा सुविधा बढ्नुको साथै कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने वैदेशिक रोजगार मामिलाका जानकार मधुविलाश पण्डित बताउँछन् ।

‘कामदारको सुरक्षा र हितमा सीपले महत्वपूर्ण भूमिका खेल्छ’, उनी भन्छन्, ‘त्यसो हुँदा नेपाली कामदारले विदेशमा असल वातावरणमा सहजसँग काम गर्न सक्ने अवस्था बन्छ, रेमिट्यान्स पनि बढ्छ ।’

सीप नसिकी जाँदा धेरै नेपाली कामदार विदेशमा पीडित बनेका छन् । सीप नहुँदा तलब सुविधा नै राम्रो पाउँदैनन् । लाख रुपैँया खर्च गरेर गएर तुरुन्तै फर्किनुपर्ने बाध्यता पनि उत्तिकै छ ।

वैदेशिक रोजगार विभागले कामदार मागको पूर्व स्वीकृतिका आधारमा अन्तिम श्रम स्वीकृत दिने गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरू सीपमूलक तालिम अनिवार्य गर्दा अन्तिम स्वीकृति लिने प्रक्रिया अझै झन्झटिलो हुने दाबी गरिरहेका छन् ।

रोजगारदाता कम्पनीले कामदारलाई दिने करारपत्रमा उल्लेख हुने पदका आधारमा अन्तिम श्रम स्वीकृति दिने व्यवस्था नगरे सीप अनिवार्य गर्नुको अर्थ नहुने उनीहरू बताउँछन् ।

आवश्यक पूर्वाधार र नीतिगत तथा कानुनी व्यवस्थासहित तयारी सकेर मात्र सीप प्रमाणीकरण अनिवार्य गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङको भनाइ छ ।

‘सीप सिक्ने व्यवस्थालाई सहजर पारदर्शी बनाउनुपर्छ’ उनी भन्छन्, ‘सरकारले बिनातयारी निर्णय गर्दा समस्या भयो ।’

शनिबार, असोज ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.