धनगढी, २८ असोज । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
बुधबार बेलुकी भिमदत्त नगरपालिका–४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तास खेलिरहेको खबर पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी ताससहित फेला पारेको हो ।