• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फलफूल र तरकारी पनि जरुरी

धनगढी, २७ असोज । मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामका लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर सबै मानिसले यसरी खाने गरेको पाइँदैन ।

हरेक मानिसको आफूलाई मन पर्ने फलफूल तथा तरकारी हुन्छ, सो खान पाएमा खुसी हुने गर्छन् । फलफूल तथा तरकारीलाई तिनको आकार र रङले आकर्षक बनाउँछ । त्यस्तै तरकारीको हकमा पकाउने शैली र मसलाको प्रयोगले स्वादिलो बनाउँछ ।

स्वाद र आकर्षणभन्दा सबल पक्ष हो । यिनमा पाइने पोष्टिक तत्त्व । विभिन्न प्रकारका भिटामिन, खनिज पदार्थ, रेसा इत्यादि यहीबाट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

हरियो सागपात तथा तरकारीको सेवनले आँखालाई स्वस्थ्य राख्न मदत गर्छ भन्ने जानकारी नभएको मानिस बिरलै होलान् । बालबालिकादेखि वृद्धवृद्धा सबैलाई यसबारे थाहा छ । यस्ता ज्ञान स्वस्थ शरीरका लागि आवश्यक पर्छ । फलफूल तथा तरकारी सेवनले मोटोपन घटाउन, उच्च रक्तचाप कम गर्न र कोलेस्ट्रोलको मात्रा घटाउन मदत गर्छ । मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामका लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर सबै मानिसले यसरी खाने गरेको पाइँदैन । यसो हुनुका कारण फलफूल तथा तरकारी महँगो हुने, तरकारी थोरै खाने चलन वा बिरामी पर्दा मात्र फलफूल खानेजस्ता सोच हुन सक्छ । हरेक दिन तरकारी तथा फलफूल सेवन गरे मुटुजन्य रोगहरूबाट बच्न मदत गर्छ । फलफूल तथा तरकारीमा चिल्लो पदार्थ एकदम न्यून मात्रामा पाइन्छ । विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थहरू भने प्रचुर मात्रामा हुन्छ । यसको उपभोगले न्यून तथा उच्च दुवै प्रकारका कुपोषणका समस्या कम गर्छ । यी तथ्यांक र जानकारीहरूलाई मध्यनजर राख्दै, समुदायमा फलफूल तथा तरकारी सेवनमा जोड लगाउनुपर्छ ।

फलफूल तथा तरकारीको फाइदाबारे जनचेतना फैलाउन संयुक्त राष्ट्र संघले सन् २०२१ लाई फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको छ । सन्तुलित भोजनका लागि यो अभियान आवश्यक ठानिएको हो । फलफूल तथा तरकारी खानाले मानिसको शरीर स्वस्थ हुन्छ । पोषण तथा स्वास्थ्य अवस्थामा सुधार ल्याउनमा यसको योगदान रहेको विषय, ध्यानाकर्षण गराउनु सन् २०२१ फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको मुख्य ध्येय हो ।

नेपाललगायत दक्षिण एसियाली तथा अफ्रिकी मुलुकहरूमा फलफूल तथा तरकारी खेतीपातीदेखि पकाउने, पस्किने काममा महिला मुख्य भूमिकामा देखिन्छन् । तर खानपिन तथा पहुँचमा भने महिला र बालबालिका निकै पछाडि छन् । जसले गर्दा उनीहरूमा कुपोषण देखा पर्ने गरेको छ । खानपिन समयमा नहुनु, घरका पुरुष सदस्यले उनीहरूको खानपिनमा हेरचाह नगर्नु, महिलालाई समान व्यवहार नहुनुजस्ता कारण यसो भएको हो । त्यसैले स्वयम् महिला अनि परिवारका पुरुष सदस्यले पनि यो बुझ्नु जरुरी छ । बुझाइको सँगसँगै उनीहरूको साथ, सहयोग र हौसला पनि आवश्यक छ ।

मौसमी फलफूल तथा तरकारीहरूमा विषादीको प्रयोग हुँदैन वा कम मात्रामा मात्र हुने गर्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ । मौसमी फलफूल तथा तरकारी मीठो पनि हुने गर्छ । फलफूल तथा काँचै खान सकिने तरकारीहरूलाई भने राम्ररी पानीले पखालेर मात्र खाने गर्नुपर्छ । त्यस्तै अन्य अन्नको दाँजोमा फलफूल तथा तरकारी छिटै कुहिने भएकाले यसलाई छिटै खानु वा सुरक्षित भण्डारण गर्नुपर्छ । बेलैमा विचार नपुर्‍याए कतिपय फलफूल तथा तरकारीहरू कुहिएर फालिने अवस्थामा पुग्छन् ।

कतिपय खान सकिने फलफूल तथा तरकारीहरूलाई खानपानमा प्रयोग गरेको पाइँदैन । कुनै फलफूल तथा तरकारी यहाँ खाए पनि अन्य देशमा त्यसलाई नखाने चलन पनि हुन्छ । जमिनमा आफैं उम्रिने तर खाने चलन नभएको फलफूल तथा तरकारीमा राम्रो पोष्टिक तत्त्व पाइन सक्छ । उदाहरणका लागि लट्टे, सिस्नुको साग इत्यादि । यसरी पहिचान नभएका फलफूल तथा तरकारीमा पाइने पौष्टिक तत्त्वको अनुसन्धान तथा पहिचान आवश्यक छ ।

फलफूल तथा तरकारीको अर्को विशेषता यसको खेती हो । कतिपय अवस्थामा यसको खेती सहजै गर्न सकिन्छ । अझ तरकारीलाई त थोरै जमिनमा पनि उमार्न सकिन्छ । अन्य खाद्यजस्तै धेरै जमिन नचाहिने भएकाले प्रायः घर वरपर तरकारी लगाइने गरिएको छ ।

साना किसानहरूले पनि यसको खेती सहजै गर्न सक्छन् । आम्दानी पनि राम्रै हुने भएकाले किसानहरूलाई तरकारी खेतीमा प्रोत्साहन गर्नुपर्छ । यो जीविकोपार्जनको माध्यम बन्न सक्छ । किसानले आर्थिक अवस्था सुधार्न सक्छन् । दुःखलाग्दो पक्ष त, नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि फलफूल तथा तरकारीहरूको खेतीमा आत्मनिर्भर बन्न सकेको छैन ।

वर्षौं अर्बौं रकम बराबरको फलफूल तथा तरकारीहरू नेपाल भित्रिने गर्छ । त्यसैकारण, साना किसानलाई प्राथमिकतामा राख्नुपर्छ र व्यावसायिक खेतीका लागि चाहिने पूर्वाधारमा जोड दिनुपर्छ ।

 

बुधबार, असोज २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
डा. केसीका माग सम्बोधनका लागि सरकारको वार्ता टोली धनगढी आउँदै

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.