एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२१ को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७स्४५ मा शारजाहमा सुरु हुनेछ । दिल्ली पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्स ४ विकेटले पराजित हुन पुगेको थियो ।
कोलकताले एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । दिल्ली र कोलकताबीचको विजेताले फाइनलमा स्थान बनाउनेछन् । आजको विजेताले फाइनलमा उपाधिका लागि चेन्नईसँग भिड्नेछ । दिल्ली दोस्रो पटक र कोलकता तेस्रो पटक फाइनलमा दाउमा छन् ।
दिल्लीको ऋषभ पन्त र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् । मोर्गनले इंग्ल्यान्डलाई कप्तानीमा विश्वकप जिताई सकेका छन् । पहिलो पटक कप्तानी गरिरहेका पन्तलाई भविष्यका भारतीय कप्तानको रुपमा हेरिंदै आएको छ ।
एलिमिनेटरमा बेंगलोरलाई हराउन स्पिन अलराउन्डर सुनिल नारायणले उत्कृष्ट प्रदर्शन गरेका थिए । नारायणले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिनुको साथै २६ रन बनाएका थिए । जसमा तीन छक्का सामेल थियो । शारजाह स्पिनर सहयोगी मैदान हो । सकिब अल हसन पनि कोकलता हतियार बन्न सक्छन् । कोलकताले पछिल्ला चार खेलमा लगातार जित निकालेको छ ।
ओपनर वेन्कटेश ऐर र सुभमन गिल राम्रो लयमा छन् । कोलकतालाई यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राहुल त्रिपाठी, नितिश राणा र ओईन मोर्गन मध्यक्रम सम्हाल्नेछन् । मोर्गनको कप्तानी उत्कृष्ट रहेपनि प्रदर्शन भने हुन सकेको छैन । कोलकता मोर्गनबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । दीनेश कार्तिक, सुनिल नारायण र सकिबबाट तल्लोक्रममा राम्रो अन्त्य चाहन्छ । आन्द्रे रसेल खेल्ने वा नखेल्ने अनिश्चित छ । उनी टोलीमा उपलब्ध भए झनै बलियो बन्ने छ । स्पिनरमा नारायण, सकिब र बरुणचक्रवर्ती रहनेछन् । तीव्र गतिका बलरमा लोकी फर्गुसन र शिवम माभी छन् । फर्गुसन दिल्लीका ब्याटरलाई टाउको दुखाईका बलर बन्न सक्छन् । नारायण, ऐर र फर्गुसन मुख्य हतियार हुन् ।
दिल्ली बलियो टोली हो । चेन्नईसँग अन्तिम ओभरमा पराजित भएको थियो । दिल्ली क्वालिफायरमा कुनै गल्ती गर्न चाहँदैन । ओपनर शिखर धवन र पृथ्वी शा उच्च लयमा छन् । युवा ब्याटर शाले आक्रामक ब्याटिङका साथ सानदार सुरुवात गर्दै आएका छन् । श्रेयस ऐर, ऋषभ पन्त र शिम्रन हेटमायर जस्ता ब्याटर टोलीमा हुँदा मजबुत छ ।
हेटमायर र पन्तबाट दिल्ली आक्रामक अन्त्य चाहन्छ । अक्षर पटेल, रविचन्द्रन आश्विन, टम करन जस्ता अलराउन्डरको कारण टोली निकै बलियो छ । पन्त र हेटमायरबाट आक्रामक ब्याटिङको आवश्यक देखिन्छ । दिल्लीको स्पिनमा आश्विन र अक्षर रहनेछन् । तीव्र गतिको युनिटमा कागिसो रबाडा, एनरिच नोर्किया र आवेश खानछन् ।
आवेश खानले यस सिजनको आइपिएलमा २३ विकेट लिई सकेका छन् । दक्षिण अफ्रिकी रबाडा र नोर्किया तीव्र गतिका लागि माहिर बलर हुन् । यी दुबै बलरले १ सय ५० प्रतिघण्टा स्पीडमा बलिङ गर्ने गर्दछन् । रबाडा डेथ ओभर स्पेलिष्ट बलर हुन् । यस सिजनमा अपेक्षा अनुसार प्रदर्शन हुन सकेको छैन । दिल्ली रबाडाबाट उत्कृष्ट लय र प्रदर्शन चाहन्छ । पन्त, नोर्किया र शा मुख्य हतियार हुन् ।