काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर राफेल भरान केहि साता मैदान बाहिर रहने भएका छन् । चोटको कारण भरान केहि साता मैदान बाहिर रहने युनाईटेडले जनाएको छ ।फ्रेन्च डिफेन्डरले नेसन्स लिगको फाइनलमा चोट बोकेका थिए । जुन खेलमा फ्रान्सले स्पेनलाई २(१ ले हराएर उपाधि जितेको थियो ।
ुभरानले नेसन्स लिगको फाइनलमा ग्रोईनको चोट बोकेका छन् । उनी रिहाबमा रहेका छन्,ु युनाईटेडले भनेको छ,ुउनी केहि हप्ता मैदान बाहिर रहने छन् ।यसै सिङ रियल मड्रिडबाट युनाईटेड आएका उनले शनिबार लेस्टर सिटीविरुद्धको खेल गुमाउने छन् । उनी अक्टोबर २४ मा हुने लिभरपुलविरुद्धको खेलमा भने उपलब्ध हुने अनुमान गरिएको छ ।
