धनगढी, २५ असोज/हरिप्रिया प्रकाश फाउण्डेसनले धनगढी ६ जालीको न्यु उपदेश युवा क्लवका खेलाडीहरुलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।
बिगतमा आफ्नै बुवा वडा अध्यक्ष भएको क्षेत्र तथा आफुहरुको बसोबास भएको क्षेत्र भन्दै हरिप्रिया प्रकाश फाउण्डेसनका संस्थापक क्षितिज भण्डारीले खेलाडीहरुलाई सोमबार खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । उनले आफ्नो बुवा प्रकाश भण्डारी र आमा हरिप्रिया भण्डारीहरुको सम्झना जोडिएको जाली गाँउ भएकोले आफुले यहाका खेलाडीहरुलाई सहयोग गरेको बताए ।
जाली गाँउका लागि आफ्नो तर्फबाट गर्ने सहयोग कहिले पनि कमी नगर्ने भण्डारीले बताए । उनले आफ्नो पनि यो गाँउमा साईनो जोडिएकोले सधै गाँउको बिकासका पक्षमा लाग्ने बताए ।