धनगढी, २४ असोज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कि, प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, डा गणेश खड्का, स्वास्थ्य कार्यालयका कर्मचारीहरु, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कैलाली जिल्लाका स्थनिय तहाका स्वास्थ्य संयोजक, महिला स्वास्य्ह्य स्यमसेविका ,लगाएत गैरसरकारि संघसंस्थाका पदाधिकारी हरु पत्रकार हरुको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालक प्रमुख लाल ब धामि ज्युले मानसिक स्वास्थ्यको अवस्थ बारे प्रस्तुतीकरण गरेका थिए । त्यस्तै मानसिक रोग विशेषज्ञ डा गणेश खड्काले पनि मन्त्वय राखेका थिए ।
त्यस्तै टि पि ओ संस्था कमला बुढाथोकी, कोशिश संस्थाबाट दिवाकरले मन्तव्य तथा प्रस्तुतिकरण गरेका थिए । सो कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट मिन ब धामिले गरेका थिए ।