धनगढी, २३ असोज ।
सेती प्रादेशिक अस्पतालमा गरेको कोरोना परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७१ नमूनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म सेतीमा १ लाख १६ हजार ३३ नमूनाको कोरोना परिक्षण गर्दा २० हजार ७ सय २५ नमूनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।
सेतीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएयता १ हजार ५ सय ३१ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका थिए । जसमध्ये १ हजार ३ सय २९ जना उपचार पछि घर फर्किएका छन ।
उपचारका लागि अस्पताल भर्ना भएका मध्ये १ सय ९८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।