धनगढी, २१ असोज/ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीमा बन्ध्यावासिनी धार्मिक ज्ञानयज्ञ तथा देवी भागवत प्रवचन शुरु भएको छ ।
मन्दिरमा धर्मशाला तथा पर्खाल निर्माण गर्ने उद्देश्य सहित श्री बन्ध्यावासिनी मन्दिरको आयोजनामा बिहिबारदेखि सो प्रवचन शुरु भएको बताइएको छ ।
प्रवचन कार्यक्रमको एक समारोहबीच श्री १००८ स्वामी गोविन्दले उदघाटन गरे । सो अवसरमा स्वामी गोविन्दले पछिल्लो समय हिन्दूधर्ममाथि विभिन्न प्रकारले आक्रमण भइरहेकोले हिन्दूधर्मको संरक्षण र प्रवद्र्धनमा सबै एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा मूल आयोजक समितिका संयोजक लालिश्वर अर्याल, जनप्रतिनिधी, राजनीतिकर्मी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तजनहरूको सहभागिता रहेको छ ।
प्रवचन कार्यक्रम शुरु हुनुअघि यज्ञस्थलदेखि विन्दवासजी मन्दिर हु“दै यज्ञस्थलसम्म शोभ कलश यात्रा गरिएको थियो ।
बिहिबारदेखि शुरु भएको सो प्रवचन कार्यक्रम २७ गतेसम्म सञ्चालन हुने संयोजक अर्यालले बताए । उनले भने– प्रवचनसंगै बाल संस्कार, योग शिविर एवं १००८ शालिग्राम पुजा अर्चना हुनेछन् ।’
उनले दैनिक योग विज्ञान शिविर गरिने। रुद्रि पाठ पारायण, विभिन्न भाषा भाषीका प्रवचन, भजर्न किर्तन तथा झा“की श्रीमदभागवतको दार्शनीक प्रवचन लगायतका गतिविधि गरिने बताए ।
मूल आयोजक समितिका कोषाध्यक्ष दत्तनाथ सुवेदीले प्रवचनको अवधिमा स्थानीयहरूले आफुखुशी रकम, गरगहना, खाद्यान्न, लत्ताकपडा, सरसामाग्री सहयोग गर्न सकिने बताए ।
अमरबस्तिमा धार्मिक ज्ञानयज्ञ शुरु
अमरबस्तिमा धार्मिक ज्ञानयज्ञ शुरु