धनगढी, १८ असोज/ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आधारभूत पत्रकारिता प्रशिक्षण तालिम धनगढीमा सुरु भएको छ । धनगढी र अत्तरियामा रहेका २० जना युवा पत्रकारहरु तालिममा सहभागी भएका छन् ।
नेपाल पत्रकार महासघ कैलाली शाखाको संयोजनमा सुरु भएको तालिममा सहभागीहरुलाई विनय गुरागाईले प्रशिक्षण दिएका छन् । सोमबारदेखि सुरु भएको तालिम चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।