धनगढी, १७ असोज । एका बिहानै धनगढीमा ६६ औँ प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशले ब्यानर सहित तपाईँको मास्क खैू र्यालीको आयोजना गरेको छ ।
ूमास्क लगाऔँ, आफू पनि बचौँ, अरूलाई पनि बचाऔूँ भन्ने नारा सहित आइतबार बिहान ८ बजे धनगढीको ट्राफिक चौराहा देखी पार्क मोड सम्म कोभिड १९ विरुद्धको सचेतनाका लागि मास्क वितरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल, प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मास्क वितरण गर्दै सबैलाई मास्कको प्रयोग गरी आफू पनि बाँच्न र अरूलाई पनि बँचाउन मदत गर्न आह्वान गरिएको छ ।