धनगढी, १६ असोज । बझाङको बुङ्गलमा प्रथम बीबीसी सुपर कप २०७८ को आयोजना हुने भएको छ । बुङ्गल नगरपालिका १ देहबगरमा आयोजना हुने आयोजक बुङ्गल क्रिकेट क्लले धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
आगामी कार्तिक ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । स्वर्गीय धनबहादुर मल्ल र स्वर्र्गीय जयभान बिष्टको सम्झनामा प्रथम बीबीसी सुपर कप २०७८ आयोजना गरिन लागिएको क्लवका अध्यक्ष किरण कुँवरले जानकारी दिए ।शनिबार बीबीसी सुपर कपको ट्रफी सार्वजनिक गरिएको छ ।
तियोगिताका मुख्य प्रायोजकसमेत रहेका स्वर्गीय मल्लका छोरा भरत मल्लले ट्रफी सार्वजनिक गरे । प्रतियोगितामा प्रथमलाई एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ ।
म्यानअफद सिरिज १० हजार, बेस्ट बलर पाँच हजार, बेस्ट व्याटम्यान, बेस्ट कप्तान, बेस्ट फिल्डर र अनुशासित टीमलाई २५ सय पुरस्कार छुट्याइएको छ।
कपमा हालसम्म १५ टिमको सहभागिता रहेको र अझै टिम थप हुन सक्ने आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जिल्ला बाहिरका खेलाडी हाल्न पाउने व्यवस्था गरिएका क्लवका सचिव रामचन्द्र जोशीले बताए ।
बुङ्गलको क्रिकेट विकासमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।