धनगढी, १६ असोज । ज्येष्ठ नागरिक दिवसको अवसरमा धनगढीको सन्तोशिटोल स्थित जानकि यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क स्वास्थ्य गरीएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा केन्द्रमा निशुल्क स्वास्थ्य परिक्षण, आयुर्वेद चिकित्सक, चेक जाच परामर्श, औषधी वितरण भएको छ । नसर्ने रोग जोखिम न्यूनीकरण गर्ने तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको मुल धारमा ल्याउने सरकारको उद्देश्य अनुसार स्वास्थ्य परीक्षण गरीएको हो ।
प्रदेश सरकारको मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अनुसार कैलालीमा केहि स्थानिय तहहरुमा जेष्ठ नागरिक कार्यक्रम लागु भएको छ । जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरुलाइ उठान गर्ने स्वास्थ्य विमा कार्यक्रममा सहज पहुच बनाउने तथा टोलटोलमा स्वास्थ्य परिक्षण कार्य गर्ने जस्ता कार्यक्रम रेहेका छन ।
डब्लुएचओ नेपाल २०१८ को प्रतिवेदन अनुसार नसर्ने रोगको भार ६० प्रतिशत बाट बढेर ६६ प्रतिशत रहेको छ त्यसैले नसर्ने रोग जोखिम न्यूनीकरणको लागि जनचेतनामूलक सन्देश जाने साथै आफ्नो टोल छिमेकमै स्वास्थय सेवाको लाभ लिएका छन । नियमित शारीरिक व्यायाम, योगा , स्वस्थकर खाना खानु , धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय हुन ।
हामि सबैले आ आफ्नो जिवन निर्वाह गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ कार्यक्रममा ८० जनाले स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा लिएका थिय । ज्येष्ठ नागरिकहरुको स्वास्थय परिक्षणमा तौल, उचाई , रक्तचाप , मधुमेह , पेटकको मापन , बिएम आइ , आवश्यकता अनुसारको औषधि ,स्वास्थ्य परामर्श , स्वास्थ्य शिक्षा ,स्वास्थ्य विमा , योगा, व्यायाम , खानपान , आयुर्वेद चिकित्सकिय परामर्श , आयुर्वेद औषधि समेत वितरण गरेको जानकारि दिएको थियो ।
स्वास्थ्य कार्यलयको सहयोग तथा आयोजनामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय का निमित्त निर्देशक डाक्टर खगेन्द्र बम , डा दिपिका शाहि, योग प्रशिक्षक खेम जोशि , स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मिन बहादुर धामि , स्टाफ नर्स गिता डागि , अहेव गजेन्द्र बहादुर सिह ,ज्युको टोलि द्वारा स्वास्थ्य शिविर कार्यक्रम भएको हो धनगढी उपमहानगरपालिका वडा न २ स्थित जानकि यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष श्री डिज राज अवस्थि ज्यु लगाएत सम्पुर्ण ज्येष्ठ नागरिक पदाधिकारीहरु सहित सवैको उपस्थिति रहेको थियो