धनगढी, १५ असोज/ज्येष्ठ नागरिक दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकका अधिकारका लागि आवाज उठाउ“दै आएका तथा सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुलाई सम्मान गरिएको हो ।बेहडाबाबा ज्येष्ठ नागरिक समाज गठनका लागि पहल गरेका स्वर्गिय गंगाराम रानासहित विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
स्वर्गिय गंगारामका आफन्तलाई नगद ५ हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै ज्येष्ठ नागरिकको हकहितमा योग्दान पुर्याएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर नगर प्रमुख वडले सम्मान गरेका थिए भने वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले वडामा निर्वाचित भलमन्सालाई सम्मान गरेका थिए । भलमन्साले ज्येष्ठ नागरिकका अधिकारका विषयमा काम गरोस भन्दै सम्मान गरिएको थियो ।
यस्तै, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख जोशीले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई छडी वितरण गरेका थिए । छडीको प्रयोगबाट हिड्न सहज होस भनी सो छडी वितरण गरिएको थियो ।