धनगढी, १३ असोज । लायन्स क्लब अफ धनगढी ग्रीन सिटिले आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
धनगढी उपमहानगरपालिका ७ पटेलामा रहेको जनजागृती प्राथमिक विद्यालमा अध्ययनरत कक्षा १ देखि ५ सम्ममा ६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै स्वास्थ्य सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष आनन्द शाहले बताए ।
विद्यार्थीहरुलाई कपि, डटपेन, पेन्सिल संगै सेनेटाइजर, साबुन लगायतका सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष शाहले बताए ।
क्लबले पटेला गाउलाई ूग्रीन भिलेजू को रुपमा बिकास गर्ने लक्ष्य समेत लिएको बताउदै अध्यक्ष शाहले बृक्षारोपण, सरसफाइ, रक्तदान कार्यक्रम, स्वास्थ्य शिबिर लगायतका कार्यहरू निरन्तर गर्दै आइरहेको बताए ।
