धनगढी,१३ असोज
सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षण थप १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ नमूनाको कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित निको भएका छन । उनले अस्पतालमा उपचाररत ५ कोरोना संक्रमितले निको भएपछि उनीहरुलाई होम आइसोलेसनमा पठाईएको बताए ।
हाल अस्पतालमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन । ति मध्ये ३ संक्रमितको आइसियु र १ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
