• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलाको टिंकरका बासिन्दा सञ्चारविहीन

"फोन गर्न पनि एक दिनको बाटो हिँड्नुपर्ने बाध्यता "

दार्चुला, १३ असोज । दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर क्षेत्रका स्थानीय करिब दुई वर्षदेखि सञ्चार सुविधाविहीन छन् । नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेपछि स्थानीय सञ्चारविहीन हुन पुगेका हुन् । जिल्लाकै उच्च भूभागमा पर्ने बस्ती र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सरुक्षाकर्मी बसोबास रहेको ठाउँमा नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेको हो ।

टिंकरका स्थानीय गाउँबाहिर खबर गर्न छाङरु पुग्ने गरेको स्थानीय दानसिंह टिंकरीले बताए । २०७७ पुसदेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि सञ्चालनमा आए पनि टिंकरमा भने सञ्चार सेवा पुग्न सकेको छैन ।

‘गाउँमा केही भए खबर गर्न सञ्चार सेवा नहुँदा हामी साह्रै समस्यामा परेका छौं,’ स्थानीय मोहनसिंह टिंकरीले भने, ‘केही खबर पुर्‍याउनुपरे छाङरु जानुपर्छ । टिंकरबाट छाङरु पुग्न करिब एक दिन लाग्छ । फोन गर्न पनि एक दिनको बाटो हिँड्नुपर्ने अवस्थामा छौं ।’

छाङरुमा सशस्त्र प्रहरीसित वायरलेस फोन सेवा छ । टिंकरका स्थानीयले त्यसैबाट केही खबर बेंसी पुर्‍याउने गरेका छन् । उक्त वायरलेसमा बेंसीबाट खबर गर्न सकिँदैन । ‘छाङरुबाट मात्र खबर गरे फोन हुन्छ, सदरमुकामबाट हामीले फोन गरे लाग्दैन,’ उनले भने ।

गत वर्षमै छाङरुमा टेलिकमको फोरजी सेवासहितको फोन सुचारु गर्ने भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन । अवरुद्ध स्काई फोन सेवा तत्काल सुचारु गर्न सबै सरोकारवाला निकायलाई जानकारी भए पनि वास्ता नगरेको स्थानीय भनाइ छ । स्थानीय दानसिंहका अनुसार दुई वर्षअगाडिसम्म छाङरुको टावरले टिंकरमा काम गर्थ्यो । हिउँदमा बिग्रेको टावर मर्मत नभएपछि टिंकरतिर सञ्चार सम्पर्क टुटेको हो ।

टिंकरका बासिन्दालाई समेत सञ्चार सेवा दिन टावर निर्माण गर्न सर्भे गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । टिंकरमा सञ्चार पहुँच पुर्‍याउन पहल भइरहेको उनको भनाइ छ । स्थानीय वैशाखतिर गाउँ गएदेखि नै गाउँपालिकाले नेपाल टेलिकमलाई पत्राचार गरी नस्काई टावर सञ्चालन गर्न माग गरेको थियो ।

लामो समयदेखि बिग्रेको सञ्चार सेवा सुचारु नहुँदा व्यासका स्थानीयको समस्या बुझ्न नसकिएको सदरमुकाममा रहेका टिंकरका स्थानीय मोहनसिंह टिंकरीले बताए । ‘हाम्रो क्षेत्रबाट बारम्बार पहल गरिएको छ । काम गर्ने निकायको ध्यान पुग्न सकेको देखिँदैन,’ उनले भने ।

बुधबार, असोज १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.