• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा ई–रिक्साले बढ्यो सडक दुर्घटना

सरस्वति साफरी/धनगढी, १२ असोज/ सुदूरपश्चिम प्रदेशको राजधानि सहर धनगढीमा पछिल्लो समय सवारी दुर्घटनाका घट्ना बढ्दै गईरहेका छन् । बढ्दो सवारी चाप र कमजोर ट्राफिक व्यवस्थापनले सवारी दुर्घटनाका घट्ना बढेका हुन । धनगढीमा हुने सवारी दुर्घटनामा ई–रिक्साहरु प्रमुख कारण मानिदै आएका छन् ।

सवारी साधनको चापले दिन प्रतिदिन सडक साघुरो हुदै गईरहेको बेला पछिलो समयमा तीन पाङग्रे ई–रिक्साहरु कारण थप समस्या उत्पन्न हुदै आएका छन् । विद्मुत बाट चल्ने ई–रिक्साहरु जथाभावी बिच बाटोमा रोक्ने, ट्राफिक नियम विपरीत सवरी कुदाउने कारण सडक जाम र दुर्घटनाको स्थानियको भनाई छ ।

सवारी चालक अनुमती पत्र बिना सवारी (ई–रिक्सा) हरु चलाउने कारण सवारी दुर्घटनाको प्रमुख कारण बन्दै गएको स्थानिय कविन्द्र बोगटीले बताए । चालक अनुमती नभएका ई–रिक्सा चालकहरुमाथि निगरानि गर्नुपर्ने उनले बताए ।
धनगढी भित्रका मात्र नभएर धनगढी बाहिरका ई–रिक्साहरु बढी चलिरहेको र सडकमा भिडभाड बढी भएका कारण दुर्घटना बढेको ई–रिक्सा चालक विर बहादुर कामीले बताए । सम्बधित निकायले ई–रिक्साहरुलाई नियमन गर्नुपर्ने कामीले बताए ।
धनगढीमा ई–रिक्साको संख्या धेरै भएको र ई–रिक्साहरुलाई रुट परमिटको आधारमा चलाउन पाउने, सिमित संख्यामा ई–रिक्साहरु चल्न पाउने नियम बनाउनु पर्ने धनगढीका अर्का ई–रिक्सा चालक प्रकाश बुढाले बताए ।

ई–रिक्साले गर्दा दुर्घटनाको जोखिम धेरै बढाएको जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रमुख विरेन्द्र बहादुर बोहराले बताए । उनले ई–रिक्साको संख्या लगभग १ हजारमाथि भएकोले नियम गर्न समेत नसकीएको स्विकार गरे । अत्याधिक रुपमा दर्ता भएका अटो रिक्साका कारण सडक साघुरो हुदै गएको र ुदर्घटनाको उच्च जोखिम बढेको उनको भनाई छ । दुर्घटना रोक्न जनचेतना जगाउने, दुर्घटना न्युनिकरणका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको भएपनि कार्यान्वयन नभएको उनले बताए ।  उनले भने ‘अब दृर्घटना न्युनिकरण गर्न नयाँ दर्ता रोक्ने, अटो व्यवसायीहरुलाई वैकल्पीक रोजगारको व्यवस्था गर्ने र सरोकार निकायहरुले रुट तोक्ने नियमहरु लागु भए दुर्घटना कम हुन्छ ।’

ई–रिक्साहरुले रुट पाएका स्थानिय तह भन्दा बाहिर गएर यात्रु ओसार पसार गर्न पाइदैन् । तर धनगढीमा भने अन्य स्थानिय रुट पाएका ई–रिक्साले धेरै चलेको पाएको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान हुनु जरुरी छ ।

मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.