धनगढी, ११ असोज । सामाजिककार्य गर्दैआएको हेल्प फर हेप्पीनेस नामक संस्थासातौँ वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा पर्वतका युवा नवीन तिवारीको अगुुवाईमा स्थापना गरिएको संस्था सोमबार देखि ६ वर्ष पूूरा गर्दै सातौँ वर्षमा प्रवेश गरेको हो ।
संस्थाको छैठौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित अन्यप्रदेशमा समेत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । हेल्प फर हेप्पीनेस सुुदूूरपश्चिम प्रदेश कमिटिको आयोजनामा वार्षिकोत्सवको अवसरमा धनगढीमा विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरिएको छ ।
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आमाको माया छात्रबासमा विशेष कार्यक्रमको आयोजनागर्दै त्यहाँआश्रीत विद्यार्थीहरुलाई न्याजो कपडा र शैक्षिक सामग्री सहयोग गर्नूूका साथै निःशूल्कआँखा परीक्षण पनि गरिएको छ ।

हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा परीक्षण गरेको हो भने कापी, कलम लगायतका शैक्षिक सामग्री र न्यानो कपडा हस्तान्तरण गरिएको हो । सो अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधनगर्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले सबै पक्षको साथ, सहयोगले अनेकन चुुनौतीपार गर्दै ६ वर्षे यात्रा पूरा गर्न सफलभएको बताए ।
भण्डारीले संस्थाले विभिन्न समस्यामा परेका नागरिकको उद्दार गर्ने, आपतकालीन रक्तदान गर्ने, मौलिकतथा सांस्कृतिक महत्वबोकेका चाडपर्वमा विशेष कार्यक्रमको अयोजना गरेर खुुसीनपुुगेको ठाउँमा खुुसी पुुगाउने, विपन्न तथा असहायलाई आर्थिक सहयोग गर्ने, लैङ्गीक हिंसामा परेका महिलातथाबाल यौन दुुराचारको शिकार भएका बालबालिकाको उद्दार, छाडा पशुु चौपायाको औषधोपचार गर्ने जस्ता कार्य गतवर्ष पनि गरेको जनाए ।

उनकाअनुुसार हेल्प फर हेप्पीनेसले गतवर्ष विभिन्न रोगका कारण रगत अभाव भएका ४८ बिरामीकालागि ८२ पिन्ट रगतआकस्मिक रुपमादान गरेको छ । कोरोना महामारीका बेलानिःशूूल्क एम्बुुलेन्स सेवा, लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामुुलक कार्यक्रम, सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष जनचेतनामुुलक सन्देश प्रवाहपनि गरिएको थियो ।
अगामीवर्षमा पनि यी कार्यलाई निरन्तरता दिदै थप केहीनयाँ र परस्कृत ढंगले संस्थालाई अगाडि बढाउने प्रतिबद्धता समेत उनले जनाए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकीआमाको माया छात्रबासकी अध्यक्ष शारदा शाहले हेल्प फर हेप्पीनेसले सामाजिक क्षेत्रमा पुुगाएको योगदानको प्रशंसा गरिन् । शाहले संस्थाले आमाको माया छात्रबासका विद्यार्थीलाई पनि स्थापनाकालदेखि नै सहयोग गर्दै आएको बताउँदै अगामीयात्राको शुुभकामना समेत दिइन् ।
वर्षभरीमा उत्कृष्ट कार्य गर्ने दुई जनालाई सम्मान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पीनेसले वर्षभरीमाउत्कृष्ट कार्य गर्ने दुुई जनालाई सम्मान गरेको छ ।
मेडिकल टीमका संयोजक डाक्टर युुवराज जोशी र आपतकालीन असहाय कोषकी संयोजक प्रिंयका अग्रवाललाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

संस्थाले आन्तरिक मूूल्याङ्कनका आधारमा उनीहरुलाई वर्षभरीकै सर्वोत्कृष्ट सदस्यका रुपमा छनोट गरेको थियो ।
