महेन्द्रनगर, ११ असोज । कोरोना महामारी सुरू भएसँगै बन्द भएको नेपाल-भारत मैत्री बस सेवा पुनः सञ्चालन हुने भएको छ। नेपाल सरकारले मैत्री बस सेवा पुनः सुरू गर्नका लागि भारतीय दूतावास मार्फत आवश्यक प्रक्रिया थालिसकेको छ।
महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीका लागि ५ र देहरादूनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए।
मैत्री बस सेवा सुरू भएपछि दुबै देशका यात्रुहरूलाई लाभ मिल्नेछ। यसका साथै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय प्रहरी र रिक्सा चालकबाट लुटिने समस्याको समेत अन्त्य हुनेछ।