धनगढी, १० असोज । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानै देखि अस्पतालमा तनाव सिर्जना भएको हो ।
डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो।उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्।
उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्।अत्याधिक रत्तश्रावका कारण सुत्केरीको मृत्यु अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखेको छ ।