धनगढी, ९ असोज । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल सुदूरपश्चिम प्रदेश अन्तरगत कैलालीको धनगढी उप महानगरपालिकामा पनि कराँते दो संघ गठन गरिएको छ ।
शुक्रवार एक कार्यक्रम बिच केन्द्रीय महासचिव प्रकाश कुमार चन्दको रोहबरमा र जिल्ला गोजुरियो कराँते दो संघ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिकामा महेश्वर ओझाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
जसको उपाध्यक्षमा तेज बहादुर कुवर, सचिबमा कमल ओली, सह सचिबमा शर्मिला घर्तिमगर, कोषाध्यक्षमा कल्यान विक्रम शाही र सह कोषाध्यक्षमा अनिल सिंह कठायत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा पवन पडाल , पुष्पा मडै र लक्ष्मी खडायत रहेका छन् । बाकी ६ जना सदस्य पहिलो बैठक बाट मनोनीत गरिने बताइएको छ ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र ओली, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रमुख लाल बहादुर राना, सुदूरपश्चिम खेलकुद परिषद् सदस्य सन्तोष बिक, युवा परिषद् सुदूरपश्चिम प्रदेशका सदस्य छत्र रावल, कराँते संघका प्रदेश सदस्य तथा खेलाडी संघ कैलालीका सचिव गोविन्द बानिया र कैलाली जिल्ला गोजुरियो कराँते संघका सचिव तथा जिल्ला प्रमुख तेज नागरी लगायत राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको उपस्थित रहेको थियो ।