अछाम, ९ असोज । अछाममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।जिल्लाको ढकारी गाउँपालिका(१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको खोलामा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो चिन्ने खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बालकको शव खोलामा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।