• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा स्वास्थ्य सामग्री वितरण

डोटी, ८ असोज । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।

आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौँ, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको हो।

कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भनेर उक्त गाउँपालिकाका पाँच विद्यालय र त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

यसैगरी उक्त संस्थाले आदर्श–५ मा रहेको लामिखाल स्वास्थ्यचौकीमा सात लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मलगन, अक्सिपल्स मेसिन र दुई थान पिपिइ सेट वितरण गरिएको छ।

मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अतिउपयोगी भएको लामिखाल स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र सिंहले बताए।

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयमा निकै राहत भएको र सबै विद्यार्थीले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका विद्यालयका शिक्षकले बताएका छन्।

उक्त संस्थाले डोटी सहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ।

उक्त संस्थाले सो गाउँपालिकामा यसअघि सीपमूलक तालिम, छाउपडीसम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री वितरणजस्ता काम सञ्चालन गरिसकेको छ। रासस

शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.