कैलाली, ६ असोज/धनगढीको दिनेश एफएम तथा दिनेश खबरका सम्पादक नवराज पनेरुलाई समाचारको विषयलाई लिएर बाजुराको बडिमालिका नगरपालिकाकी उप प्रमुख कविता बिष्टका श्रीमान विपिन बिष्टले अश्लिल शब्द गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएका हुन ।
महालेखाको प्रतिवेदन अनुसार एउटा समाचार एजेन्सीले हालेको समाचार प्रकाशन गरेकै कारण पत्रकार पनेरुलाई ज्यान मार्ने धम्की दिएको हो । नेपाल प्रेस युनियन कैलालीका सचिव सिताराम ओझाले प्रेस युनियनका सदस्य समेत रहेका पत्रकार पनेरुलाई गालीगलौच गर्ने विपिन बिष्टलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पनि प्रशासनलाई आग्रह गरेको छ ।
समाचारको विषयमा कुनै असहमति भए कानुनी उपचारको बाटो हुँदा हुँदै अश्लिल गाली गलौच गरी ज्यान मार्ने धम्की दिएको घटनाको प्रेस युनियन कैलालीले भत्र्सना समेत गरेको छ ।
प्रेस स्वतन्त्रताको सम्मान गर्न युनियन सबै पक्षसँग आग्रह गर्दछ । पत्रकारहरुको निर्भयतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन हुने गरी भएको घटनाको निष्पक्ष छानविनका लागि पनि प्रेस युनियन कैलाली शाखाले जोडदार माग गरेको छ ।
