• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा मास्क प्रयोगको बानी बसाउनै मुस्किल

कैलाली,३० भदौ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ। नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो। उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ।

कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो। सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईँको मास्क खोई रु अभियान सञ्चालन भइरहेको छ। त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउछन्।

“नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्”, उनले भने, “पटक पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ।” अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ।

मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ। सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन्। मास्क खोई रु अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार विस्तारै मास्क प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ। “मास्क लगाउनु पर्छ भन्ने चेतना बढ्दै गएको छ”, उनले भने।

प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउछन्।

श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन्। धनगढी बजारमा भेटिनुभएका रमेश थापा भन्छन्, “भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन।” तपाईको मास्क खोई रु अभियानअन्तर्गत प्रहरीले मङ्गलबारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ।

मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ। मङ्गलबारसम्म एक हजार चार सयभन्दा बढीलाई रु १०० का दरले जरिवाना तिर्न लगाएको छ। सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल सङ्क्रमण दर घट्दै गएको छ। रासस

बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.