• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

“मानवअधिकार संरक्षणमा प्रहरीको प्रमुख भूमिका”

धनगढी, २८ भाद्र/ मानव अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरुले मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा प्रहरीको भूमिका अहम् रहेको दोहोराएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा सञ्चालित मानवअधिकारसम्बन्धी प्रहरीलाई तालिमको सोमबार समापनका अवसरमा सहभागीहरुले मावअधिकार संरक्षणमा प्रहरीको मुख्य भूमिका रहेको औल्याए ।

‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा प्रहरीको व्यवहारमा सुधार आउन जरुरी छ’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्– तपाईहरु (प्रहरी) पीडितसंग हा“सेर बोलिदिनुहोस । उनका समस्या सुनिदिनुस् । यत्ति मात्रै पनि व्यवहार गर्नुभयो भने पीडितले न्याय पाएको महसुस गर्छन ।

मन्त्री जोशीले प्रहरीहरुलाई पीडितका गुनासो धैर्यपूर्वक सुन्ने बानीको विकास गर्न आग्रह गरिन ।
मन्त्री जोशीले भनिन्– पीडितले न्याय पाउने र पीडकलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने गरि तपाईहरु काम गर्नुहोस । सबैसंग साथीको व्यवहार गर्नुहोस ।

उनले पछिल्लो एक सय दिनको अवधिमा कैलालीको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरिन् । उनले भनिन्– मैले मन्त्रीको पदभार ग्रहण गरेको सय दिन पुगेपछि प्रदेशका सबै जिल्लाबाट तथ्यांक मागे । तथ्यांकले जिल्लाहरुमा अपराधका घटनामा कमी आइरहेको पाए ।
मन्त्री जोशीले प्रहरीले अपराधमात्र नभई विपदको समयमा खोज तथा उद्दारमा प्रभावकारी भुमिका निर्वाह गरेको बताइन ।

प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले फौज्दारी अपराध र मानवअधिकारको मापदण्डको पालना गरेर प्रहरीले काम गर्नुपर्ने बताए । उनले हरेक क्षेत्र व्यवसायिक हु“दै गएकोले प्रहरी पनि व्यवसायिक बन्नुपर्ने बताए । उनले समय परिवर्तनसंगै प्रदेशमा नया“ नया“ अपराधका घटना भइरहेको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (नायव महानिरीक्षक) पुरुषोतम क“डेलले विश्वमा प्रहरी र मानवअधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, निकायबीच सहकार्य भएर नै मानव अधिकार उल्लंघनका घटनामा कमी आएको बताए । प्रहरी नायव महानिरीक्षक क“डेलले भने– तर, हामीकहा“ यो अवस्था छैन । दुई पक्षबीच राम्रो समन्वय छैन । त्यसैले मानवअधिकार उल्लंघनका घटनामा सुधार हुन सकेको छैन ।उनले उनले आम मानिसका लागि मात्र नभएर प्रहरीका लागि पनि स्वयं प्रहरीले नै मानवअधिकारमैत्रीको व्यवहार गर्नुपर्ने बताए ।

उनले क्षेत्र, भुगोल, टोल, वडामा पनि अपराधका विभिन्न घटना भइरहने हु“दा नियन्त्रणमा चुनौति हुने गरेको बताए । उनले भने– सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा अपराध नियन्त्रण गर्न सोही अनुसारको कारण पत्ता लगाई कार्यक्रम बनाउनुपर्छ । कतै लागुऔषध सेवन त कतै आत्महत्याका समस्या देखिएका छन ।

इन्सेकका सदस्य शोभाकर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्वअधिकारी, डिसिए नेपालका प्रतिनिधी मालती मास्के, प्रशिक्षक तथा प्रहरी निरिक्षक मानबहादुर रोकाया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन इन्सेकका प्रदेश संयोजक खडगराज जोशीले गरेका थिए ।

आइतबारदेखि शुरु भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत २५ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.