धनगढी, २८ भदौ ।
धनगगढीमा रानाथारु समाजले विरोध सभा तथा (यालीको आयोजना गरको छ । रानाथारु भाषालाई सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषामा सिफारिस नगरिएको भन्दै समाजको केन्द्रिय कार्यालयको र्याली निकालेको हो ।
उनीहरुले षडयन्त्रपुर्वक तरिकाले राना थारु भाषा हटाईएकाले विरोध गरेको जनाएका छन ।
भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै विरोध गरिएको नेपाल रानाथारू समाजका अध्यक्ष कृपाराम रानाले बताए ।
उनले रानाथारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन र आरक्षण सुनिश्चितताका लागि दबाब दिन भन्दै दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए ।
भाषा आयोगले हालै सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषालाई सरकारी कामकाजी भाषा बनाउन सरकारसमक्ष सिफारिस गरेको थियो । तर रानाथारू भाषा नअटाएपछि कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको यो समुदाय असन्तुष्ट बनेको छ ।
विगतमा थारू समुदाय अन्तर्गत राखिएको रानाथारूलाई सरकारले गत वर्षको जेठमा आदिवासीको सूचीमा सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा मात्रै रानाथारू समुदायको बसोवास गर्दै आएको छ ।
