धनगढी,२८ भदौ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नभएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।