• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा ‘अट्वारी’ पर्व उल्लासपूर्वक मनाइँदै

धनगढी,२७ भदौ ।
सुदूरपश्चिम र पश्चिम नेपालमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा ‘अट्वारी’ पर्व आजदेखि उल्लासपूर्व मनाइँदै छ। आपसी सद्भाव, एकता, र सम्बन्ध सुदृढ पार्ने सो पर्व विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा मनाइने गरिन्छ।

सो समुदायले आइतबारको दिनलाई ‘अट्वार’ नामले चिन्ने हुँदा यसै दिन यो पर्व मनाइन्छ। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सास्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन्।

वर्षा ऋतुमा खेतीका काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिपर्व सुरु भएसँगै भने खेतीपातीका लागि गर्नुपर्ने कामको बोझ हटेको मान्दछन्। कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै ती समुदायका मानिस टोलटोलमा सामूहिकरूपमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन्।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ। यसरी व्रत बसेकाहरुले साँझपख आ–आफ्नो घरमा खानाका मिठा परिकारको व्यवस्था गर्ने गर्दछन्। खानाको व्यवस्थापनपछि पूजामा बस्ने गर्दछन्। पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुहरुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान यो परिकार विवाहिता आफ्नी छोरी, बहिनीको घरसम्म पु¥याइदिने प्रचालन छ।

पूजाको काम सकिएपछि छोरी बहिनीलाई ‘अग्रासन’ अर्थात् खानका मिठा परिकार उपलब्ध गराउने व्यवस्था गरिन्छ। यस्तो कामलाई ‘अग्रासन’ दिने भनिन्छ। अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ।महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको यो समुदायका अगुवाहरु बताउँछन्।

यस पर्वको दिनदेखि चौधरी समुदायमा ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ। सुदूरपश्चिम प्रदेश सरकारले अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.