• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा स् घरबार बगायो, कहाँ जाऊँ ?

धनगढी, २५ भदौ । घरको आँगनमै ठूल–ठूला ढुङ्गा र माटोको भेल छ । टिनले छाएको घर, नजिकै पहिरो । पहिरोले कमलको खेत बगाएको छ । मकैबाली पूरै नष्ट भएको छ । यी सबै कुराको रमिते बनेर त्रिपालमुनिको बास ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ काफलगैराका कमल तामाङको नियती हो यो । राति सुतेको समयमा आएको पहिरोले उनी बसेको बस्ती नै जोखिममा पारको छ । पहिरोको जोखिम भएपछि अहिले कमलको परिवार सडकमा त्रिपाल टाँगेर बसेका छ ।

‘भदौ ९ र १० गते भारी वर्षा भयो । हामी घरमा सुतिरहेको थियौँ । ११ गते बिहान ४ बजे उठ्दा घरनजिकै माटोका भेल थियो । खेती पूरै नष्ट गरेको छ’, उनले दुःखी हुँदै सुनाए, ‘घरको आँगनमै माटोको भेलले घर नै विस्थापित गर्ने देखेपछि अहिले माथि सडकमा पाल टाँगेर बसेका छौँ ।’

सोही बस्तीका ५८ वर्षीय भीमबहादुर तामाङ पनि वडा नम्बर ५ स्थित बेल्चाप्लानको सडकछेउमा त्रिपाल लगाएर बसेका छन् । ४८ सालदेखि काफलगैरा बस्तीमा बस्दै आएका उनी ११ गतेको अविरल वर्षापछिको पहिरोले सडकमै पाल टाँगेर बस्न बाध्य बनाएको बताउँछन् ।

भदौ ९ र १० मा भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडी. काफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर तामाङका अनुसार गोपाले तीन र काफलगैराका आठ गरी ११ घरधुरी उच्च जोखिममा रहेका छन् । पहिरोबाट प्रभावित भई अहिले २४ घरधुरी विस्थापित भएका छन् । वडा अध्यक्ष तामाङले भने, ‘विस्थापित भएका घरधुरीलाई अहिले त्रिपाल दिएर सडकमै व्यवस्थापन गरेका छौँ ।’

राहतका नाममा त्रिपाल
दैनिक मजदुरीले जीविकोपार्जन गर्दै आइरहेका काफलगैराका मिनबहादुर तामाङको घर पहिरोको उच्च जोखिम छ । सडकछेउमा त्रिपालभित्र बसिरहेका उनले भने, ‘गाउँपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबाट यही त्रिपाल मात्र पाएको छु ।’

उनले सडकमा बसेपछि खान, बस्न पनि समस्या रहेको बताए । उनी मात्र होइन सडकछेउमै बसेका अन्य घरपरिवारको पनि समस्या यही हो । पहिरोबाट प्रभावित कमलबहादुरले भने, ‘केही दिनअघि नेपाली कांग्रेस गाउँपालिका समितिले चामल, दाल राहत उपलब्ध गराएको थियो । अहिले त्यही खाएर बसेका छौँ ।’

उनले आम्दानीको स्रोत पनि नहुँदा छोराछोरीले चाहेअनुसारको पोषण पनि खुवाउन नसकेको बताए । दुधे बालबालिकालाई कुपोषण हुने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।’

शौच गर्न जंगल
घर फर्कने अवस्था नभएपछि २४ घण्टा त्रिपालमुनि सडकछेउमै बसेका पहिरो प्रभावितहरू शौच गर्न जंगल पस्ने गरेका छन् । ‘यहाँ सार्वजनिक शौचालय पनि छैन । शौच मात्र गर्न पहिरोले जोखिम पुर्‍याएको घर जान सकिँदैन’, स्थानीय भुवन रानामगरले भने, ‘दिसापिसाब लागे जंगलभित्र पस्छौँ ।’

वडा कार्यालय र गाउँपालिकासँग शौचालयको व्यवस्था गरिदिन पटक–पटक अनुरोध गर्दा पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

सुरक्षित बसोबासको व्यवस्था गर
पहिरोबाट प्रभावित घरपरिवारहरूले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
‘अन्नपात लगाउने जग्गा पहिरोले क्षति गर्‍यो । बासका लागि बनाइएको घर उच्च जोखिममा छ’, पहिरोको जोखिममा रहेको आफ्नो घर देखाउँदै ललित तामाङले भने, ‘यस्तो घरमा कसरी बस्ने होला रु सरकारले हाम्रा लागि सुरक्षित घरको व्यवस्था गर्नुपर्छ ।’ उनले बस्ती स्थानान्तरण गर्नमा कुनै पनि सरकारले ध्यान नदिएको बताए ।

वडा कार्यालयका अनुसार पटक–पटकको पहिरोका कारण वडाभित्रका तीन सय २४ घरधुरी विस्थापित भएका छन् । वडा अध्यक्ष नरबहादुर तामाङले भने, ‘गत वर्षसम्म तीन सय घरधुरी विस्थापित भएका थिए । अहिलेको पहिरोले थप २४ घरधुरी विस्थापित भएका छन् ।’

उनले तीन सय घरको पुनस्र्थापना गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्र पठाएको बताए । उनले भने, ‘हामीसँग पुनस्र्थापना गर्ने अधिकार छैन । हामीले सिफारिस गर्छौँ तर, कार्यान्वयनमा कुनै निकायले जोड दिँदैनन् ।’

त्रिपालभित्रै पढ्छन् बालबालिका
सरकारले भदौ १७ मा भौतिक रूपमै विद्यालय सञ्चालन गर्नेगरी निर्णय गरेको थियो । सोही आदेशअनुसार चुरे गाउँपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय पनि सञ्चालन भएका छन् ।

विद्यालय सुरु भएपछि गंगा थापाका छोरा पनि पठनपाठनका लागि जान्छन् । उनका छोरा विद्यालयबाट फर्केर त्रिपालभित्रै पढिरहेका थिए । सानो ठाउँ भएकालाले बालबालिकाका कापिकिताब सुरक्षित राख्न समेत समस्या भएको उनले बताए ।

प्रदेश सरकारको जोड दार्चुला
यस वर्षको बाढी पहिरोका कारण कैलालीसहित सुदूरपश्चिमका नौ वटै जिल्ला प्रभावित भए । वैशाखयता प्रदेशमा ५० वटा बाढी पहिरोका घटना भएकोमा १४ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता र नौ जना घाइते भएका छन् ।

प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला दार्चुला हो । दार्चुलामा १६ वटा घटना भएकोमा आठ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकोप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ । निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।

घटनाबाट करिब एक सयभन्दा बढी नागरिक विस्थापित भएका छन् । उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा दुहुमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्विन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकोप्टरले बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पुर्‍याइरहेको छ ।

प्रदेश सरकारले यसअघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो’, प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढीप्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ ।

बाढीबाट दुहु वडा नम्बर १ र ५ मा ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांकअनुसार अहिले ३० घर पूर्ण रूपमा क्षति भएका छन् भने ७० घर बस्न नमिल्ने अवस्थामा छन् ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.