• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विदेशी सहित एक हजार पर्यटकद्वारा डल्फिन अवलोकन

धनगढी, २४ भदौ । कैलालीमा देखिने विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिका डल्फिनलाई यसवर्ष विदेशीसहित करिब एक हजार पर्यटकले अवलोकन गरेका छन् । टीकापुर र भजनी नगरपालिकाको डल्फिन सर्किट क्षेत्रमा पुगेर उनीहरुले अवलोकन गरेका हुन ।

कोरोना महामारीलाई बेवास्ता गर्दै फ्रान्स र नेदरल्याण्ड्सका दुई जना विदेशी पर्यटक, भारतीय पर्यटकसहित आन्तरिक पर्यटकले डल्फिन हेरेर रमाएको संरक्षणमा क्रियाशील डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

उनले भारतको असमबाटसमेत यो वर्ष डल्फिन अवलोकनका लागि पर्यटक आएको बताए । यहाँका असमवासीले नेपालमा समुदायस्तरबाट भइरहेको संरक्षणको प्रशंसा गरेका छन् । साथै, उनीहरुले नेपालमा राम्ररी डल्फिन देखिने गरेकाले संरक्षणमा अझ क्रियाशील हुन आग्रह गरेका छन् ।

डल्फिन संरक्षणका लागि आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको क्रममामात्रै दुई सयभन्दा बढी आन्तरिक पर्यटकले डल्फिन अवलोकन गरेको जनाइएको छ । सबैभन्दा बढी बर्दियाबाट आन्तरिक पर्यटक आएको ढुङ्गानाले जानकारी दिए ।

कैलालीको कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा नदी, गैरी खोला लगायत नदीनालामा बर्खाभरि डल्फिन देखिने गर्दछन् । नदीहरुमा पानीको सहत घटेपछि गहिराई खोज्दै पुनः कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा जानेका गरेका छन् । यसैबीच, गतसाता यहाँ डल्फिन गणना पनि गरिएको छ ।

डाब्स् नेपालले डल्फिन गणना गरेको हो । सो क्रममा ६५ देखि ७० को हाराहारीमा देखा परेको जनाइएको छ ।डल्फिन संरक्षित क्षेत्रको १३ स्थानमा एक साथ गणना गरिएको थियो । विहान ७ बजेदेखि १० बजेसम्मको समय सीमा तोकेर अवलोकन विधिबाट डल्फिन गणना गरिएको ढुङ्गानाले जानकारी दिए ।

एनका अनुसार १३ वटै स्थानमा एक साथ अवलोकन गरेर सङ्ख्या तोकिएको हो । यद्यपि, त्यसको प्राविधिक विश्लेषण भइरहेका कारण अन्तिम नतिजा आउन बाँकी रहेको छ । अवलोकनबाट प्राप्त तथ्याङ्कको प्राविधिक विश्लेषण प्राणीविद डा। मुकेशकुमार चाालिसेले गरिरहेका छन् ।

डल्फिन गणनाका लागि अहिलेसम्म अरु कुनै विधि नरहेका कारण फरक–फरक स्थानमा एकैसाथ अवलोकन गरेर डल्फिन गणना गरिएको अध्यक्ष ढुङ्गानाले बताए ।स्थानीय गणकहरुले बैरी झरन, बाउन्नघार उत्तर पुरुवा, मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान, पथरैया नदी–गैरी खोलाको दोभान, जनकपुरघाट जमरा कुलोको दोभानमा डल्फिन गणना गरेका थिए ।

यसैगरी, मोहना नदी र रेप्ती नालाको दोभान, मारियाघाट–कुसुमघाट, मोहना–कान्द्रा नदीको सङ्गम स्थान, तिला घाट, खक्रौला घाट, सत्ती पुल र मोहना–कर्णाली नदीको दोभान ९चौगुर्दी घाट¬¬० मा डल्फिन गणना गरिएको हो । यी ठाउँहरुमध्ये मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान, पथरैया नदी–गैरी खोलाको दोभानमा सबैभन्दा बढी डल्फिन देखिएको जनाइएको छ ।

यसअघि, विक्रम सम्वत २०७३ मा गरिएको गणनामा ६५ र २०७५ सालमा गरिएको गणनाको क्रममा ५५ डल्फिन अभिलेख गरिएको थियो । यो वर्ष डल्फिनको उपस्थिति अत्यन्त राम्रो रहेको उल्लेख गर्दै एकै स्थानमा एक साथ १५ वटासम्म डल्फिन देखा परेको अध्यक्ष ढुङ्गानाले बताए ।

कैलालीमा मनसुन सिजन अवधिभरि देखिदैं आएका डल्फिनको संरक्षण स्थानीयस्तरबाट भइरहेको छ । झन्डै दुई दशकदेखि स्थानीय व्यक्ति संरक्षणमा क्रियाशील छन् । उनीहरुले संरक्षणकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा डल्फिन संरक्षण गर्दै आएका छन् ।

बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.