काठमाडौं,२४ भदौ । नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । उनी केहीबेरअघि कतार हुँदै काठमाडौं आइपुगेकी हुन् ।
नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ ।
नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।
त्यो भन्दा अगाडि उनले विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
साथै उनले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यतालिका रहेको स्रोतले जानकारी दियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।
