• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एक वर्षमा बन्छ त सुदूरपश्चिम साक्षर प्रदेश ?

धनगढी, २३ भदौ । कैलालीका स्थानीय तहहरूले २०७६ मै साक्षर जिल्ला घोषणा गर्ने प्रतिवद्धता जनाए । सो घोषणा भएको दुई वर्ष पुग्यो, तर साक्षर जिल्ला घोषणा भएको छैन ।

कैलालीमा कागजमा साक्षर दर ९७ दशमलव दुई प्रतिशत रहेको उल्लेख छ । कागजमा साक्षरता प्रगति देखाउँदै शिक्षा विकास तथा समन्वय इकाई कैलालीले २०७५ साउन मसान्तसम्म सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्ने र २०७५ भदौ २३ गते जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने प्रस्ताव पेस गरेको थियो ।

कैलालीलाई गत वर्ष नै साक्षर जिल्ला घोषणा गर्ने तयारीका साथ स्थानीय तहहरूले तयारी गरेका थिए । कैलालीको जानकी र जोशीपुर गाउँपालिकालाई गत आर्थिक वर्षमै साक्षर स्थानीय तह घोषणा गरिएको थियो । १३ तहमध्ये ११ वटा स्थानीय तहहरूले यसै वर्षभित्र साक्षर स्थानीय तह घोषणा गर्ने बताइरहेका छन् ।

कैलालीको गोदावरी नगरपालिकालाई गत बैशाख ११ गते पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने तयारी भएको थियो । कोरोना महामारीका कारण सो नगरपालिका साक्षर घोषणा हुन सकेन । गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त खत्रीले भने, ‘हामीले नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्ने भनेर कार्यपालिकाबाट निर्णय गरिसकेका थियौं । तर, कोरोना महामारीका कारण भएन । अब यो वर्षभित्रै साक्षर नगरपालिका घोषणा गरिने छ ।

उनका अनुसार साविकको अत्तरिया नगरपालिका यसअघि नै साक्षर नगर घोषणा भइसकेको छ । उनले भने, ‘अहिले हामीले २०७१ सालको जनसंख्यालाई आधार मानेर सर्वेक्षण गर्दा निरक्षर भन्दा साक्षर जनसंख्या बढी भएको देखिएको छ ।’
उनले नगरपालिकामा १५ देखि ६० उमेरसमुहका ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर रहेको पाइएकोले नगरपालिकालाई साक्षर नगर घोषणा गरिने छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले पनि साक्षर उपमहानगरपालिका घोषणा गराउन तिव्र रुपमा अघि बढेको थियो । उपमहानगरपालिकाले साक्षर घोषणा गराउनका लागि १९ वटै वडालाई तथ्यांक संकलन गर्न भनि पत्राचार गरेको थियो । उपहानगरपालिकाले चैत २५ गते सबै वडालाई साक्षर वडा घोषणा गरि पठाउन भनी पत्राचार गरेको थियो ।

गौरिगंगा नगरपालिकाले यही वर्षभित्र साक्षर नगर घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश पन्तले भने, ‘हामीले तथ्यांक संकलन गरिसकेका छौं । मंसिरभित्रै नगरलाई साक्षर घोषणा गरिने छ ।’

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले यो वर्षभित्रै जिल्लालाई साक्षर घोषणा गर्नुपर्ने दबाब बढेको छ । ‘यही वर्षभित्र साक्षर जिल्ला घोषणा गर्नुपर्ने बाध्यता रहेको छ । अब पनि स्थानीय तहले ढिलाई गर्छ भन्ने लागेको छैन’ इकाई प्रमुख वैकुण्ठ सुवेदीले भने ।

२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७५ हजार सात सय नौ जनसंख्या रहेकोमा १५ देखि ६० उमेर समुहका चार लाख २४ हजार दुई रहेकामा एक लाख ५९ हजार दुई सय एक निरक्षर रहेको उल्लेख छ । साविकाको शिक्षा कार्यालयले २०६७ सालमा गरेको घरधुरी सर्वेक्षणमा भने एक लाख ४३ हजार दुई सय ३५ जनसंख्या निरक्षर रहेको देखाइएको थियो ।

सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ अनुसार कैलालीमा विगत आठ वर्षमा एक लाख ४५ हजार एक सय ४२ जनसंख्याले साक्षरता कक्षा प्राप्त गरेको उल्लेख छ । इकाईले सोही घरधुरी सर्वेक्षणलाई आधार मानेर चालु आर्थिक वर्षमै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

कैलालीका दुर्गम गाउँपालिकामा भने अझै सोही उमेर समुहका निरक्षर व्यक्तिहरू अत्याधिक रहेको जनाइएको छ । चुरे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विविराज सोतिले भने, ‘हामीले आर्थिक वर्ष २०७६/७७ मा घरधुरी सर्वेक्षण गर्दा निरक्षरको जनसंख्या धेरै देखिएको थियो । त्यो तथ्यांकको पुष्टि गर्न नपाउँदै कोरोना महामारीले कार्यक्रमनै अघि बढ्न सकेन ।’

उनका अनुसार गाउँपालिकामा ५५ वर्षभन्दा माथिका र अपाङ्गता भएका व्यक्तिहरूसंगै जनप्रतिनिधीहरू पनि निरक्षर भएको प्रतिवेदनमा उल्लेख थियो । उनले यस वर्ष गाउँपालिकालाई साक्षर घोषणा गरिने बताए । उनले भने, ‘हामीले संकलन गरेको तथ्यांकको पुष्टि गराइसकेपछि कार्यपालिकामा पेश गर्छौ ।’

कैलालीकै दुर्गम मानिएको मोहन्याल गाउँपालिकामा निरक्षर बढी छन् । गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सम्भव नरहेको जनाइएको छ ।

सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ मा निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्णरअक्षरको पढाइ र लेखाइ गर्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्नसक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने शून्यदेखि ९ सम्मका अंक अक्षर लेखाइ गर्नसक्ने, १ देखि सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्नसक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने र बैंक भौचर भराइ र चेक खिचाइ गर्नसक्ने हुनुपर्ने उल्लेख छ ।

प्रदेश साक्षर सम्भव छ ?

‘नेपाल सरकार र स्थानीय तहसंग समन्वय र सहकार्य गरी शैक्षिक अभियानमार्फत यसै आर्थिक वर्ष पूर्ण साक्षर प्रदेश घोषणा गरिनेछ’ सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रदेश सरकारले यही वर्ष प्रदेशका पाँच जिल्लालाई साक्षर घोषणा गराई प्रदेशलाईनै साक्षर प्रदेश घोषणा गराउने लक्ष्य लिएको छ । तराईका दुई जिल्लासहित पहाडका पाँच जिल्ला अहिलेसम्म साक्षर घोषणा हुन सकेका छैनन ।

हालसम्म दार्चुला, बैतडी, अछाम र डडेलधुरा जिल्ला साक्षर घोषणा भएका छन् । बाजुरामा पनि सवै स्थानीय तहहरू साक्षर घोषणा भएका छन् । अन्य जिल्लामा भने साक्षर घोषणाको गर्नका लागि तयारी अघि बढाइएको जनाइएको छ ।

शिक्षा निर्देशनालय दीपायलका निर्देशक गणेशबहादुर सिंहले डोटीलाई पनि थोरै मेहतन गरेर साक्षर गर्ने सकिने अवस्था रहेको बताए ।

उनले भने, ‘हामीले यही वर्ष साक्षर प्रदेश घोषणा गराउने तयारीका साथ जिल्लाहरूसंग समन्वय गरिरहेका छौं ।’ निर्देशनालयसँग प्रदेशभरी साक्षर र निरक्षरको यकिन तथ्यांक छैन ।

आज साक्षरता दिवस

कैलालीसहित देशभरीनै विविध कार्यक्रम गरि आज ९बुधवार० साक्षरता दिवस मनाइन लागेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले दिवसका अवसरमा खुला चित्रकला प्रतियोगिता आयोजना गर्दैछ । उपमहानगरपालिकाले आधारभुत कक्षा तहका विद्यार्थीहरूलाई सहभागिता गराई सो प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा उत्कृष्ट चार वटा चित्रहरूमध्ये क्रमशः प्रथमलाई पाँच हजार, दोस्रोलाई चार हजार, तेस्रोलाई तीन हजार र सान्त्वनालाई दुई हजार रकम पुरस्कार प्रदान गर्ने छ ।

सो प्रतियोगितामा सहभागि विद्यार्थीहरूले स्थानीय परिवेश झल्किने गरी चित्र बनाउनुपर्ने छ ।

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.