• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

धनगढी, २३ भदौ । भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ ।

निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन् ।

उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकप्टरबाट खाद्यान्न पुर्‍याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा दुहूमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्वीन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले भनिन् , ‘अहिले नेपाली सेनाको हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पुराइरहेको छ । प्रदेश सरकारले यस अघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो ।’

प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ ।

बाढीबाट दूहू वडा नम्बर १ र ५ का ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार अहिले ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ७० घर बस्न नमिल्ने अवस्थामा छ ।

बाढीले ५ वटा झोलुंगे पुल र एउटा मोटरेवल पुल बगाएको छ । ५ वटा लघु जलविद्युत आयोजना, दुई बिद्यालय र वडा नम्बर १ को कार्यालयमा पनि बाढीले क्षति पुराएको छ ।

घटना पछि विस्थापित भएका एक सय परिवारलाई सुरक्षित स्थलमा राख्ने बिषयमा पनि छलफल सुरु भएको मन्त्री जोशीले बताइन् ।

‘प्रमुख जिल्ला अधिकारीले सय परिवार त्यहाँ बस्न नसक्ने भन्दै प्रतिवेदन तयार गर्दै हुनुहुन्छ’ मन्त्री जोशीले भनिन् ‘हामी उहाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल सुरु गरेका छौँ । ’

अहिले बन्थली, नरुली, गुना, सतखोला र सिमारका एक सय परिवार आफन्त तथा विद्यालयमा बसिरहेका छन् । उनीहरुको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट लगायतका बन्दोबस्तका सामाग्रीहरू समेत पठाइएकोमन्त्री जोशीले बताइन् ।

‘पहिलो चरणमा अनुगमनको नाममा हेलिकोप्टरमा पुग्नु भन्दा उहाँहरूलाई आवश्यक पर्ने समाग्रीहरु पुराउन हामीले ध्यान दिएका थियौं,’ उनले भनिन्, ‘अब उहाँहरूलाई दिगो व्यवस्थापन गर्न पहल गर्छौं । ’

भूमिसम्बन्धी अधिकार प्रदेश सरकारसँग नभएको हुँदा यस बिषयमा संघीय सरकारसँग समन्वय गर्ने उनले बताइन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि एक सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए ।

‘उहाँहरू आफ्ना घरमा फर्किन सक्ने अवस्था छैन कतिको त घर पनि बाढीले बगायो’ उनले भने ‘विस्थापित सबैको लागि अन्यत्र जग्गा उपलब्ध गराउनु पर्ने देखिएको छ ।’

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.