• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘आत्मरक्षा तालिमले बढायो साहस’

सरस्वती साफरी
धनगढी, २२ भदौ/हिंसा तथा बलात्कारबाट बच्ने सीप सिकेपछि लम्कीकी चन्द्रा शाही खुसी छिन् ।दैनिकजसो सञ्चारमाध्यममा बलात्कारका घटना सुन्दै आएकी उनले आफू पनि असुरक्षित महसुस गरिरहेकी थिइन् । यहीबेला धनगढीमा प्रहार नामक संस्थाले आत्मरक्षा तालिम दिएपछि उनी आफू अब सुरक्षित हुन सक्ने आत्मबल बढेको बताउँछिन् । कैलालीको धनगढीमा एक सातादेखि किशोरीहरुलाई लक्षित गर्दै सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम दिइएको थियो । तालिम लिएपछि सहभागी किशोरीहरुले साहस बढेको बताएका हुन् ।

घरेलु हिंसा तथा बलात्कारजस्ता जघन्य अपराधिक कृयाकलाप गर्नेहरुबाट बच्न आत्मरक्षा तालिमले ठूलो सहयोग मिलेको बताउँदै उनले भनिन्,‘मलाई पहिले अरुसँग बोल्दा डर लाग्थ्यो, तर अहिले आत्मरक्षा तालिम लिएपछि भने हौसला मिलेको छ ।’ एक हप्ताको आत्मरक्षा तालिमले आफूमा पूर्ण आत्मविश्वासका साथ साहस बढेको बताउँदै उनले भनिन्,‘पहिलो बाटोमा एक्लै हिँड्न पनि डर लाग्थ्यो, अब भने निर्धक्कताका साथ हिँडडूल गर्न सक्छु भन्ने लाग्छ ।’ आफूले सिकेको सीपलाई गाउँमा गई दिदीबहिनीलाई सिकाउने उनले बताइन् ।

महिलाहरुलाई भएको हिंसाका विरुद्धमा आवाज उठाउनका लागि पनि साहस चाहिने भएकाले सबै महिलालाई आत्मरक्षा तालिम दिइनु पर्ने उनको भनाइ छ । पुरुषले कुदृष्टि राखेर हिंसा गर्न थालेका त्यसलाई प्रतिकार गर्न सकिने तालिमबाट उत्प्रेरणा जागेको बझाङकी झरना सोडारीले बताइन् । उनले भनिन्,‘आत्मरक्षा सम्बन्धी तालिम बालिकाहरुलाई पनि दिइनु पर्छ, जो बढ्दै जाँदा उनीहरुलाई आत्मसुरक्षाका लागि काम लाग्न सक्छ ।’ महिलामा हुने हिंसाजन्य गतिविधि रोक्न पनि किशोरीहरुलाई आत्मरक्षा तालिम दिइनुपर्ने बझाङ मष्टा गाउँपालिकाका राजेश खड्का बताउँछन् । ‘मैले सिकेको सीपलाई सदूपयोग गर्न गाउँमा गएर महिला दिदी बहिनीहरुलाई सिकाउने छु,’ उनले भने,‘ता कि यो सीपले हाम्रा दिदी बहिनीहरु सुरक्षित रहन सकून् ।’

प्रेमको बहानाम महिलामाथि हुने शोषण र दाइजो नपाएको भन्दै पत्नी तथा बुहारीलाई कुटपिट गर्ने जस्ता घटना अब आफूहरु हुन नदिने गौरीगंगा नगरपालिका–७, का टेकराज ओझाले बताए । उनले भने,‘आत्मरक्षा तालिम लिएपश्चात् गाउँका दिदी बहिनीलाई सुरक्षित हुनका लागि उनीहरुलाई सिकेको सीप सिकाउने छु ।’ तालिम लिएका आफूहरुले दिदी बहिनीको सुरक्षाका साथै महिला हिंसाविरुद्ध उत्रने प्रण गरेको उनीहरुले बताएका छन् ।

 

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.