• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा नौ लाखभन्दा बढीले लगाए खोप

धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नौ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । सामाजिक विकास मन्त्रालयको भदौं १६ गतेसम्मको तथ्याङ्क अनुसार प्रदेश भरि कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या नौ लाख सात हजार ७३ पुगेको हो ।

कुल २५ लाख ५२ हजार ५१७ जनसङ्ख्या रहेको यो प्रदेशमा हालसम्म कुल जनसङ्ख्याको ३५.५३ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिइएको छ । तर, प्रदेशभरि कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य व्यक्तिको सङ्ख्या करिब २१ लाख रहेको मन्त्रालयले जनाएको छ । त्यसो हो भने खोप लगाउन योग्य जम्मा जनसङ्ख्यामध्ये हालसम्म ४३.१९ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार कैलालीमा हालसम्म तीन लाख १५ हजार एक, कञ्चनपुरमा एक लाख ७१ हजार ९५८ जनाले खोप लगाएका छन् । यस्तै, बाजुरामा ३१ हजार २९०, बझाङमा ६२ हजार ५३४, दार्चुलामा ५६ हजार २०, बैतडीमा ८३ हजार ३५१, डडेल्धुरामा ३८ हजार ७२६, डोटीमा ७० हजार ८७८ र अछाममा ७७ हजार ३१५ जनाले खोप लगाएका छन् ।

प्रदेशभरि हालसम्म चार लाख १० हजार ३३ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख ५५ हजार ५१० जनाले पूर्ण खोप पाएका छन् । यसैगरी, कञ्चनपुरमा ८७ हजार ५८, बाजुरामा सात हजार २१३, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

यस्तै, बैतडीमा ३५ हजार ५२६, डडेल्धुरामा १२ हजार १६२, डोटीमा ३१ हजार ३८९ र अछाममा ३० हजार ६७० जनाले पूर्ण खोप लगाइसकेका छन् । प्रदेशभरि भेरोसेल, कोभिशिल्ड गरेर तीन लाख पाँच हजार ५५५ जनालाई दुवै डोज दिइएको छ । भने, एकमात्र डोज खोप लगाए पुग्ने जोन्सन एण्ड जोन्सन एक लाख ३३ हजार ३८४ जनालाई लगाइएको छ ।

कैलालीमा ४८ हजार ४५७, कञ्चनपुरमा २७ हजार ४००, बाजुरमा एक हजार ८७८, बझाङमा नौ हजार ६६, दार्चुलामा ४ हजार ९४४, बैतडीमा १२ हजार ३९६ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । यसैगरी, डडेल्धुरामा छ हजार ८१६, डोटीमा नौ हजार ९९७ र अछाममा १२ हजार ४३० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

पछिल्लो समय विद्यार्थीलाई लक्षित गरेर अस्ट्रजेनिका खोप लगाउन थालिएको छ । यसैगरी, कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि दोस्रो डोजको रुपमा अस्ट्रजेनिका खोप दिइदैंछ । यो प्रदेशमा हालसम्म २० हजार ३७७ जनाले अष्ट्रजेनिका खोप लगाइसकेका छन् ।

‘पछिल्लो समय विद्यार्थीलाई लक्षित गरेर कोरोनाविरुद्धको खोप लगाउने कार्य भइरहेको छ’, मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘खोप अभियान निरन्तर जारी रहेको छ ।’ यो प्रदेशमा गत माघबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, एम्बुलेन्स चालक लगायत अग्रपङ्तीमा खट्नेलाई खोप लगाइएको थियो । अब विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिने कार्य भइरहेको प्रवक्ता कार्कीले बताए ।

सुदूरपश्चिम प्रदेशमा दिइएको खोप प्रभावकारी रहेको छ । स्वास्थ्य मन्त्रालयले यो प्रदेशबाट दुई हजार ७०० सेम्पल सङ्कलन गरेर ‘एन्टिबडी’ परीक्षण गरेको थियो । पूर्ण डोज लगाएका ९० प्रतिशतमा ‘एन्टिबडी’ बनेको यसअघि नै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । पहिलेको तुलनामा हाल धेरै हद्सम्म कोरोना सङ्क्रमण दर घटेको कार्कीको भनाइ थियो । ‘अहिले सङ्क्रमण दर धेरै छैन’, उनले भने ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १६ हजार ३२१ जनाको परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या ५८५ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.