• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं, २० भदौ । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १/१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो । भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो ।

यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।

पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए ।

भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २/३ गोलको हकदार भएको बताएका थिए । दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ ।

पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नृपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।

गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो । तर वैशाख(जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन ।

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।

नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।

साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ । नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५स्३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २/१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २/० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपाल भारतबीच जुन खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ र चर्चा हुन्छ । फुटबल विश्वव्यापी रुपमै चर्चित खेल भएकोले पनि यसको चर्चा झन् बढी हुनु स्वभाविक हो ।

त्यसमा पनि दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रको फुटबल राईभर्ली पनि चर्चित नै छ । नतिजा जस्तो आए पनि दुवै टिम हार्न चाहँदैन । अर्को टिमलाई हराएर जित नै हात पार्न चाहन्छ ।

पहिलो खेलमा सुरुमा गोल खाएपछि भारतीय बेन्च नै तनावपूर्ण बनेको थियो । अलमुताइरिको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन आएको छ र अन्तिमसम्मै आक्रमक रुपमा खेल्न थालेको छ ।

सन् २०१३ मा अनिल गुरुङ र जुमानु राईको गोलमा भारतलाई हराएको नेपाल फेरि एकपटक भारतलाई घरेलुमैदानमा हराउन चाहन्छ । उता थोरै समय मात्र सँगै प्रशिक्षण गर्न पाएको भारत पनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्मा छ ।

पहिलो खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएपछि किरण विराजलाई पछि पार्दै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनको नाममा ७४ क्याप हुनेछ ।

यस्तै पहिलो खेलमा युवा मिडफिल्डर नितिन थापाले डेब्यु गर्ने अवसर पाएका थिए । यस्तै १८ वर्षीय आयुष घलानले पनि पहिलो पटक पहिलो रोजाइमा खेलेका थिए । दोस्रो खेलमा अबदुल्लाहले कस्तो रणनीतिमा खेलाउँछन् हेर्न बाँकी छ । नेपाली टिममा रहेका मध्ये गोलकिपर विशाल श्रेष्ठ र दीप कार्की अनि डिफेण्डर राजन गुरुङले डेब्यु गर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल भर्सेस भारत

मिति : २०७८ भदौ २० गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.