धनगढी,१९ भाद्र ।
खप्तड छेडेदहको सुदाडामा फोन गर्न रुख र डाँडा चढ्नुपर्ने बाध्यता
बुद्ध सेजुवाल रबाजुराः जिल्लाको खप्तड छेडेददह गाउंपालिका वडा नं ६ सुदाडा गाउंमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डांडा र रुखमा चढेर फोन गर्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिका(६ सुदाडा गाउँको सबै ठाउँमा नेपाल टेलिकमको नेटर्वकले राम्रो सँग काम नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।
वडा नं ६ सुदाडाका स्थानीयहरु आफन्त सँग फोन गर्न एक घण्टा उकालो हिडेर गाउँभन्दा माथि पहाडमा पुग्नु उनिहरुको रहर नभइ बाध्यता हो ।
गाउँपालिको वडा नं ७को छेडेदह तालनजिकै र बडिमालिका नगरपालिको( १ को पाटाको लेकमा नमस्तेको टावर छन तर नेटवर्कले स्पष्टरुपमा काम गर्दैन ।
पानी परेपछि बेलुका ६ बजे देखि बिहान १० बजे सम्म टावर नआउदा जहा पनि हिडेर गई खबर गर्नुपर्ने निकै दुःख भोग्नुपरेको त्यहाका स्थानीय भिम बहादुर ल्वारले बताएका छन् ।
जिल्लाको खप्तड छेडेदह गाउंपालिका वडा नंं। ६का सुदाडा र नाइना गाउं आफैमा दुर्गम अनी पिछडीएको क्षेत्र छ त्यसैमा संचारको असुबिधाले झनै दुर्गम बनाएको त्यहांका स्थानीय खम्म सेजुवालले बताएका छन् ।
बडिमालिका नगरपालिका( १को पाटामा रहेको नमस्तेको टावरमा समस्या आएपछि त्यहाँका स्थानीयहरु संचार सेवाबाट बन्चित रहेका छन् ।
टेलिफोन सेवाले काम गर्न छोडेपछि गाउंबासिको र बाहिर जिल्लामा रहेर अध्यान गरिरहेका आफना छोराछोरि संग फोन गर्न डाडां चढेर फोन गर्नुपरेको स्थानीय प्रसादे सार्किले बताएका छन् । गाउँमा कोहि बिरामी भएपनि खबर गर्न केहि माध्याम छैन स्थानीय मन सेजुवालले भने सुदाडा गाउं समस्याइ समस्याले भरिएको गाउं हो ।
त्यहां नअस्पतालको सुबिधा छ न संचारको सुविधा छ । घरछेउमा सेवा सुविधा सहितको सरकार आएको चर्चा चलिरहेको वेला अहिलेपनि बाजुरा जिल्लाका अधिकांस गाउं संचारको पहुँचबाट टाढा रहेका छन ।
खप्तड छेडेदह गाउँपालिकाका अधिकांश वडा देखि गाउंहरुमा अहिलेपनि संचारको पहुँचबाट टाढा हुँदा यहाँका जनतालाई सूचनाबाट बञ्चित हुनु परेको छ। वडा नं ६का स्थानीय प्रयाग राज पाध्याय बताउछन्। ‘
सुदाडा गाउंमा माथि कतै कतै अलिअलि फोनको टावर देखाउँछ गाउंकोतल तिर टावरनै आउदैन। यहाँ त फोन एकोहोरो हुन्छ। हामीले चाहेमा डाडामा चढेर आफन्तलाई फोन सम्पर्क गछौ। अरुको फोन आउला भन्नु आशै छैन।’ बिचरा एक दिनमा हुने कामका लागि २ दिन बस्नु पर्छ।’ पाध्यायले भने ‘दुर्गमको गाउँ सुदाडा गाउँले अझै सुबिधा पाएका छैनन्।’
गाउँमा सरकार आयो तर सुबिधा आएन, संसार कहाँबाट कहाँ पुग्यो, हाम्रोमा फोन गर्न डाँडामा उक्लिने वा रुख चढ्नुपर्ने बाध्यता छ।’ यता गाउंपालिका अध्यक्ष नर बहादुर रावतले भने कम क्षमताका टावर भएका कारण यस्तो समस्या भोग्नु परेको रावतले बताएका छन् ।
त्यसतै खप्तड छेडेदह गाउंपालिकामा रहेका सबै गाउंमा राम्रो संग फोन नेटवर्क नभएको र टावर भएकै ठाउ मापनि राम्रो सँग नेटवर्क नहुदा टेलिफोन सेवा अवरुद्ध हुदै आएको छ अध्यक्ष रावतले बताका छन् ।