• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने

धनगढी, १८ भदौ/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन भएको छ ।
प्रदेशका सबै नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले सबैलाई खोप लगाउने भएको हो ।मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले हरेक नागरिकलाई खोप लगाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता पूर्णा जोशीले बताइन ।

‘प्रदेश सरकारले खोप खरिद गर्न मिल्दैन’ उनले भनिन –‘हामीले संघिय सरकारलाई खोप उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने हो ।’ उनले प्रदेशमा सबै नागरिकलाई खोप लगाउनका लागि थप पा“च लाख डोज उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने निर्णय गरेको बताइन ।प्रदेशमा प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको संख्या ६ लाख १ हजार पा“च सय १८ जना रहेका छन । छ लाख जनसंख्यालाई दोस्रो मात्रासहित थप पा“च लाख डोज संघिय सरकारले उपलब्ध गराएमा १३ लाख बढी जनसंख्यालाई खोप लगाइने उनले बताइन ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३६१ व्यक्ति रहेको छ । स्वास्थ्य निर्देशनालय दीपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कञ्चनपुरमा एक लाख सात हजार एक सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार नौ सय ४८, बझाङमा ४६ हजार सात सय २४, डोटीमा ४५ हजार चार सय २३, दार्चुलामा ३८ हजार छ सय ५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार एक सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

यसैबीच प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या भने चार लाख रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका हुन् । नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् ।

कैलालीका एक लाख ५५ हजार ५१० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ ले पूर्ण खोप लगाएका छन् ।
यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार पा“च सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार छ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार चार सय ४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन् । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ ।

यस्तै समितिको बैठकले प्रदेशको भारतसंग जोडिएका सीमा नाकामा आवतजावत थप व्यवस्थापन गर्ने निर्णय गरेको हो । भारतबाट आउने मानिसको अनिवार्य परिक्षण गराउने र कोरोना संक्रमण भएका व्यक्तिहरुलाई नाकाबाटै आइसोलेसनमा लग्ने गरि व्यवस्थित गरिने मन्त्री जोशीले बताइन ।

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.